Dabali News

बार्सिलोनाको कीर्तिमान, ३९ खेलसम्म अपराजित

२ बैशाख ।

काठमाडौँ । स्पेनिस फुटबल क्लव बार्सिलोनाले घरेलु लिग फुटबलमा नयाँ कीर्तिमान कायम गरेको छ ।

गएराति भएको खेलमा भ्यालेन्सियालाई २-१ ले हराउँदै बार्सिलोनाले घरेलु लिगमा सार्वाधिक ३९ खेलसम्म अपराजित हुने कीर्तिमान रचेको छ ।

यसअघि यो कीर्तिमान रियाल सोसिडाडाको नाममा ३८ खेलको थियो । खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र सामुएल उम्टिटीले १-१ गोल गरेका थिए ।

भ्यालेन्सियाका डानी पारेयोले १ गोल फर्काएका थिए । जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि दौड बलियो पारेको थियो ।

३२ खेलबाट बार्सिलोनाको ८२ अंक थियो भने १ खेल कम खेलेको एथ्लेटिको मड्रिड ६८ अंकसहित दोस्रो स्थानमा छ ।

६५ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा रहँदा चौथो स्थानको रियाल मड्रिडको ६४ अंक छ । रियाल मड्रिडले आज राति मालागासँग उसैको मैदानमा खेल्दैछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]