Dabali News

वन मन्त्रीलाई हार्टअट्‍याक, गंगालालमा उपचार हुँदै

२ वैशाख

काठमाडौं । वन मन्त्री रामनरेश राय यादवलाई हृद्याघात भएको छ । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री यादवलाई शनिबार सर्लाहीमा हृद्‍यघात भएको थियो ।

राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता समेत रहेका मन्त्री यादव एकाएक बेहोस भएर लडेको बताइएको छ ।

अकस्मात ढलेर बेहोस भएका मन्त्री यादवलाई तत्काल हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको उनको निजी सचिवालयले जनाएको छ ।

मन्त्री यादवलाई हेलिकोप्टरबाट उपचारको लागि काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो ।  अस्पताल स्रोतका अनुसार मन्त्री यदव खतरामुक्त रहेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]