Dabali News

अमेरिकाले सिरियामाथि गरेको क्षेप्यास्त्र हमला भिडियोमा

२ बैशाख

काठमाडौं । अमेरिकाको नेतृत्वमा सिरियामाथि हवाई हमला गरेपछि विश्वभर चर्को विरोध भएको छ । अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि करिब २ सय हाराहारीमा क्षेप्यास्त्र हमला गरेका थिए ।

राजधानी दमास्कसलगायत मुख्य शहर र सरकारी हड्डालाई लक्षित गरेर हमला गरिएका थिए तर सिरियाको हवाई प्रतिरक्षा प्रणालीले धेरै क्षेप्यास्त्रलाई आकाशमै निस्कृत पारेको रुस र सिरियाले जनाएका छन् ।

रासायिकन हमलाको बहाना बनाएर अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै सिरियामा हमला गरेको भन्दै रुसले विरोध जनाएको छ । त्यसैगरी इरानले पनि आफ्नो सहयोग जारी रहने भन्दै पछी नहट्न सिरियालाई भनेको छ ।

त्यसैगरी सिरियाका राष्ट्रपति बशर अल असदले अमेरिकी आक्रमणलाई आतंककारीको संज्ञा दिँदै हटेर सामना गर्ने बताएका छन् । उनले सिरिया जनताले झन शसक्त रुपमा प्रतिरोध गर्ने बताए ।

यसैबीच संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को आपत्कालिन बैठक बसेको छ । बैठकमा सदस्य राष्ट्रहरुले अमेरिकाको विरोध गरेका थिए ।

यसरी भएको थियो आक्रमण

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]