Dabali News

चुलाचुली गाउँपालिकाको कार्यालयमा शक्तिशाली बम विस्फोट

२ बैशाख

इलाम । जिल्लाको एक गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । इलामको चुलाचुली गाउँपालिकाको कार्यालयमा शनिबार राति शक्तिशाली विस्फोट भएको हो ।

विस्फोटबाट नगरपालिकाको सभा हलमा बढी क्षति पुगेको बताइएको छ । अहिले सर्वदलिय बैठको तयारी भइरहेको छ ।

क्षतिको विस्तृत विवरण अाएको छैन । विस्फोट कसले गराएको हो भन्‍ने केही खुलेको छैन । घटनास्थमा पुगेर प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

यसअघि नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले राजिनामा गर्न गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईलाई पत्र बुझाएको थियो । एमालेबाट निर्वाचित राई गाउँपालिकामा भ्रष्टाचार गरेको, कमिसनमा काम गर्ने गरेको भन्दै जनपरिषद्का जिल्ला प्रमुख जितमान राईले पत्र पठाएर अध्यक्षलाई राईको  राजिनामा मागेको थिए ।

यस्तो थियो राजिनामा पत्र 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]