Dabali News

राष्ट्र संघको आपत्कालिन बैठकः अमेरिकाको चर्को आलोचन

२ बैशाख

काठमाडौँ । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को आपत्कालिन बैठक बसेको छ । अमेरिकाको नेतृत्वमा सिरियामा सैन्य आक्रमण गरेपछि रुसको मागअनुसार राष्ट्रसंघको आपत्कालिन बैठक बसेको हो ।

बैठकमा सदस्य राष्ट्रहरुले अमेरिकाको चर्को आलोचना गरेका थिए । रुसका राजदूतले सिरियामा भएका हमलाहरूले अन्तर्राष्ट्रिय कानुनको ठाडो गरेको बताए ।

रासायनिक अस्त्र प्रयोग गरेको भन्दै अमेरिका र उसका सहयोगी देशहरुले सिरियामा संयुक्त रुपमा क्षेप्यास्त्र हमला गरेका थिए ।

बैठकको आरम्भमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको द्वन्द्वको राजनीतिक समाधान खोज्नका लागि आह्वान गरेका थिए ।

त्यसअघि अमेरिकी रक्षा मन्त्रालयले सिरियामा गरिएको संयोजित हमलाले उक्त देशको रासायनिक अस्त्र कार्यक्रमलाई आगामी वर्षहरूमा पुनः सञ्चालनमा आउन नसक्ने तुल्याइदिएको बताएको थियो । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्देश्य पुरा भएको सन्देश ट्विटरमा लेखेका थिए ।

उता सिरियाका राष्ट्रपति बशर अल असदले भने ती हमलाबाट आफू आफ्ना विपक्षीहरुलाई पराजित गर्न झन् दृढ भएको बताएका थिए ।
त्यसैगरी इरान पनि सिरियालाई सहयोग गर्ने बताउँदै पछी नहट्न भनेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]