Dabali News

आज क्रान्तिकारी माओवादीको शक्ति प्रदर्शन, ठाउँठाउँमा प्रहरी हस्तक्षेप, सुर्खेतमा चार बस रोकिए

२४ फागुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले शक्ति प्रदर्शन गर्न लागेको छ । उसले आफ्नो खुला मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको सम्मेलन गरेर शक्ति प्रदर्शन गर्न लागेको हो ।

मोर्चाको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँको भृकुटीमण्डपमा हुन लागिरहेको छ । सम्मेलनबाट देशभरीबाट प्रतिनिधि तथा समर्थक र शुभचिन्तक सहभागी हुन काठमाडौँ आइरहेका छन् ।

मोर्चाका अध्यक्ष तथा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । देशभरबाट उत्साहजनक सहभागी हुने उनले बताए ।

जनआन्दोलन दिवसको अबसर पारेर मोर्चाले आजै राष्ट्रिय सम्मेलन राखेको हो । अबको क्रान्तिको लागि मोर्चा जादुगरी हतियार भएको बताए । उनले क्राान्तिकारी संयुक्त मोर्चाको स्थापना र विकासका रुपमा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल स्थपना गरेको बताए ।

क्रान्तिकारी माओवादीले विशाल प्रदर्शन गरेर जनआन्दोलन दिवस समेत मनाउने भएको छ । दिउँसो १ बजेतिर सुरु हुने कार्यक्रमलाई पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

त्यसअघि काठमाडौंका विभिन्न स्थानहरुबाट विशाल र्यालीको आयोजना गरिएको छ । पूर्वमा गौशाला, पश्चिममा कालीमाटी, दक्षिणमा लगनखेल र पश्चिम उत्तरमा लाजिम्पाटबाट आएको र्याली भृकुटीमण्ड पुगेर सभामा परिणत हुनेछन् ।

यसैबीच प्रहरीले कार्यक्रम सहभागी हुन आउनेहरुलाई ठाउँठाउँमा अबरोध गरेको मोर्चाले बताएको छ । उसले तयारीकै बेलादेखि आफ्ना नेता–कार्यकर्ताहरुको गिरफ्तार बढाएको प्रहरीले काठमाडौँमा आउन लागेका गाडीहरुमा खानतलासी गर्नुको साथै अवरोध समेत गरेको छ ।

राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागि हुन दैलेख र सुर्खेतबाट आउँदै गरेको चारवटा बसलाई प्रहरीले सुर्खेतको छिन्चुमा रोकेको छ । बस रोकेर व्यापक खान तलासी गरी अखिल (क्रान्तिकारी)का केस हिक्मत शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

विद्यार्थी नेता शाहीलाई सुर्खेत मालपोत कार्यालयका अधिकृतलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार गरिएको प्रहरीले बताएको छ । हिरासतमा राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारीमा रहेको छ ।

शाहीलाई विनाकारण गिरफ्तार गरिएको भन्दै बसमा सवार क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु आक्रोशित बनेका छन् र प्रहरी प्रशासनको ज्यादती र हस्तक्षेपका विरुद्ध नाराबाजी समेत गरेको पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्लाका इन्चार्ज दिपक शाहीले बताए । नेता शाहीले विद्यार्थी नेता शाहीको अविलम्ब रिहाइका लागि जोडदार माग गरेका छन् । उनले तत्काल रिहाई नगरिए कडा प्रतिरोध गरिने समेत चेतावानी दिएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]