Dabali News

काठमाडौंमा बर्डफ्लुले मरे ३५० काग, ३ हजार कुखुरा नष्ट

२३ चैत

काठमाडौं । काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ ।

काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट ३ सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ ।

बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच ५ एन १ संक्रमण भएको देखिएको विभागले जनाएको छ ।

‘एक हप्तामा डेढ सय काग मरेका छन्, नमुना परीक्षण गर्दा बर्डफ्लु एच ५ एन १ पोजेटिभ देखियो,’ प्रदेश ३ का वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठले भने ।

नेपालमा बर्डफ्लु संक्रमणबाट काग मरेको पहिलो पटक पुष्टि भएको चिकित्सकहरूले बताएका छन् । पशु विकास अधिकृत श्रेष्ठले परेवा, भँगेरामा कुनै समस्या नदेखिएको, तर कागमा बर्डफ्लु पोजेटिभ देखिएपछि सतर्क अपनाइएको बताए ।

उनका अनुसार पशु सेवा विभागले मृत काग नष्ट गरिसकेको छ । टोखा क्षेत्रमा केही समयअघि कुखुरामा बर्डफ्लु देखिएको र फालेका कुखुरा खाँदा कागमा सरेको हुन सक्ने अनुमान पशु चिकित्सकको छ ।

श्रेष्ठले बर्डफ्लु कुखुरा र कागबाट मानिसमा सर्ने सम्भावना बराबर हुने बताए । मानिसबाट मानिसमा सर्ने क्रम झन् तीव्र हुने उनले बताए । कागमा बर्डफ्लु देखिएपछि सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले थप सजग रहन सबैलाई आग्रह गरेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोटको उत्कृष्ट बहुउद्देश्य कृषि फर्ममा बर्डफ्लु संक्रमित २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको छ । सोही फर्ममा १ सय ५० केजी दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।

दधिकोटको तर्खालका सञ्जीव बुढाथोकीले सञ्चालन गरेको फर्ममा रहेका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण भएको पुष्टि भएपछि वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठ नेतृत्वको टोलीले सो संख्याका कुखुरा नष्ट गरेको हो ।

अहिले सो क्षेत्रमा भाइरस नियन्त्रणको प्रयास भइरहेको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले बताए । फर्म आसपासको क्षेत्रमा रहेका अन्य फर्महरूमासमेत ल्याब परीक्षण भइरहेको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]