Dabali News

प्रधानमन्त्रीको भाषण सुनेर हाँस्दाहाँस्दै एमाले वडाअध्यक्षको मृत्यु 

१ वैशाख

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्दासुन्दै एक जनाको मृत्यु भएको छ । प्रधानमन्त्री ओलीले ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटनको क्रममा गरेको सम्बोधन सुन्दासुन्दै जुम्लाका एक जनप्रतिनिधिको मृत्यु भएको हो ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्ती कार्यक्रममै ढलेका थिए । प्रधानमन्त्रीले महोत्सव उद्घाटनको क्रममा सम्बोधन गरिरहँदा घर्ती ढलेका थिए । प्रत्यक्षदर्शी वीरबहादुर घर्तीका अनुसार प्रधानमन्त्रीको ब्याग्यत्मक भाषण सुनेर घर्ती सुरुमा हासेका थिए । उनले हासो रोक्न सकेका थिएनन् । हासो नियन्त्रण गरे तर लगत्तै उनी ढलेका थिए ।

नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष घर्तीलाई बेहोस अवस्थामै नजिकै रहेको स्वास्थ्य शिविरमा उपचारको लागि लगिएको थियो । शिविरमा रहेका स्वास्थ्यकर्मीहरुले मृत घोषणा गरेका थिए ।

यदि घर्तीले भनेजस्तै कालिबहादुरको मृत्यु हाँस्दाहाँस्दै भएको हो भने प्रधानमन्त्रीको भाषण सुनेर मृत्यु हुने उनी पहिलो व्यक्ति हुनेछन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]