Dabali News

भ्रामक समाचारको पछि नलाग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको आग्रह

३० चैत्र

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले प्रतिस्ठानको हित नचाहनेहरु भइरहेको भ्रामक समाचारको पछाडि नलाग्न सम्पू्र्ण सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

प्रतिस्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले एक विज्ञप्ति जारी गरेर प्रतिस्ठानले महत्वपूर्ण कार्यहरु गर्न लाग्ने बेला प्रतिस्ठानको हित र प्रगति नचाहने केही व्यक्तिहरुले भ्रामक, कपोकल्पित तथा तथ्यहीन समाचार बनाउने गरेको बताएका छन् ।

“जबजब प्रतिस्ठानको महत्वपूर्ण कार्यहरु तथा प्रतिस्ठानको सिनेट बैठकहरु हुन्छन् तबतब प्रतिस्ठानको हित नचाहने व्यक्तिगत फाइदामा रुमल्लिने केही व्यक्तिहरु र पत्रकारिताको नाममा धन्दा चलाउने केही अनलाइन संचार माध्यमहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको विरोधमा भ्रामक, कपोकल्पित तथा तथ्यहीन तवरले भित्रभित्रै लुकेर समाचार बनाउने गरेका छन्” काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले छानबिनको लागि अनुसन्धान गरी कारवाहीको गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र प्रेस काउन्सिलको समेत ध्यानाकर्ष गराएका छन् ।

रजिष्ट्रार काफ्लेले मकालु अनलाइनले प्रकाशित गरेको समाचार भ्रमपूर्ण र तथ्यहीन समाचार भएको बताउँदै त्यसको पछि नलागी प्रतिस्ठानको हितको लागि सशक्त रुपमा अगाडि बढ्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

यस्तो विज्ञप्ति

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]