Dabali News

रारा महोत्सव सुरु, रारा किनारबाट प्रधानमन्त्रीको सम्बोधन

१ बैशाख

काठमाडौं । अाजबाट रारा महोत्वस सुरु भएको छ । कर्णाली सरकारले अायोजना गरेको महोत्सवको उद्घाटन गर्न रारा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन समेत गरेका छन ।

प्रधानमन्त्री ओलीले सरकारका योजना कतिपयलाई अपत्यारिलो जस्तो लागे पनि सपना र उच्च आकांक्षा नभई विकास सम्भव नभएको बताए । उनले देश अब उन्नतिको लक्ष्यसहित नयाँ बाटोमा अघि बढेकाले सबै क्षेत्रबीच सहकार्य र हातेमालो आवश्यक पर्ने बताए ।

सम्बोधनको क्रममा प्रधानमन्त्रीले भने, ”कर्णाली प्रदेशको यो सुन्दर स्थानबाट संबोधन गरिरहँदा प्रथा र प्रचलनका नाममा हुने गरेका महिलाविरुद्धका केही घटनाहरु स्मरण गरिरहेको छु। जेसुकै तर्क वा कारणबाट होस्, अब महिलाविरुद्ध हुने सबै किसिमका हिंसा र विभेद प्रभावकारी ढंगले अन्त्य गरिने छ। बालविवाह, बहुविवाहलाई पूर्णत: निषेध गरिने छ। जातीय भेदभाव तथा छुवाछूत पूर्ण रुपमा उन्मूलन गरिनेछ।”

प्रधानमन्त्री ओलीले भ्रष्टाचारले समाजलाई बर्बाद बनाउने भन्दै अाफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहिन ढंगबाट प्रस्तुत हुने बताउँदै भ्रष्टाचारीलाई संरक्षण नदिने प्रतिवद्धता समेत जाहेर गरे ।

विश्वमै सबैभन्दा अघि ज्ञान विज्ञान खगोल र भूगोलको अध्ययन गर्ने ऋषिमुनिका सन्तान अब शिक्षाबाट बञ्चित हुने कुरा मान्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस भनेर काम सुरु गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी आर्थिक विकासका लागि निजी क्षेत्र, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा दातृ निकायसंग समन्य गरिने र विदेशी लगानीको झण्झट हटाउँदै नाफाको सुनिश्चितता गरिने उहाँको भनाई छ । प्रधानमन्त्री अ‍ोलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न पनि आग्रह  गरे ।

सम्बोधनकै क्रममा प्रधानमन्त्रीले देश विकासको यात्रामा साथ दिन र सहकार्य गर्न विपक्षी दल नेपाली काँग्रेसलाई समेत अाग्रह गरे ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]