Dabali News

बारा, पर्साका हावा हुरीपीडितहरु असिनापानीले झन् पिडित

२३ चैत

काठमाडौं । हावाहुरीसँगै असिनापानी परेपछि बारा, पर्साका हुरीपीडितको झन् विचल्ली भएको छ ।

पानी र असिनाका कारण राहत वितरण प्रभावित भएको छ । पीडितहरु ओत लाग्ने ठाउँको खोजीमा भौतारिरहेका छन् ।

केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीय प्रहरीले जनाएको छ ।
मौसम गडबडीका कारण जिल्ला विपद व्यवस्थापन समितिको बैठकसमेत बस्न नसकेको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिए ।

गत आइतबार रातिको हुरीबतासका कारण बारा, पर्साका २९ जनाको मृत्यु, करिब ६ सय घाइते २ हजार जति घरमा क्षति पुगेको थियो ।

करिब एक हजार पूर्ण र बाँकी अर्धक्षति पुगेको थियो । स्थानीय प्रशासन र विभिन्न संघ संस्थाको पहलमा झन्डै ६ सय टेन्ट पुगेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]