
३० चैत
कैलाली । रुस्लान धनगढी प्रिमियर लिगको उपाधि टिम चौराह धनगढीले जितको छ ।
काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि उचालेको हो । १८२ रनको लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १६० रनमा रोकेपछि चौराहले उपाधि उचाल्न सफल भएको थियो ।
काठमाडौंबाट ओपनर अमित श्रेष्ठले सर्वाधिक ५८ रन बनाए । ३९ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । पुष्प थापा १५, ज्ञानेन्द्र मल्ल ३०, नरेश बुढाऐर १९ र सन्नी पटेल २२ रनमा आउट भए ।
टिम चौराह धनगढीका ललितसिंह भण्डारीले ३ र म्यान अफ दि फाइनल रोहन मुस्तफाले २ विकेट लिए । ललितले ४ ओभरमा २२ र मुस्तफाले ४ ओभरमा ४६ रन खर्चिए । सम्साद शेख र योगेन्द्रसिंह कार्कीले १-१ विकेट लिए ।
गत वर्ष धनगढीले विराटनगर किंग्सलाई पराजित गर्दै डीपीएलको पहिलो संस्करण जितेको थियो । टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारत २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनायो ।
सुनील धमला र रोहन मुस्तफाले १४२ रनको साझेदारी गरेपछि धनगढीले फाइनलमा राम्रो योगफल बनाएको छ ।