Dabali News

नयाँ वर्ष मनाउन धेरैको रोजाइमा तिलिचो

३० चैत

काठमाडौँ । नयाँ वर्ष मनाउन केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा मनाङ पर्न थालेको छ ।

नयाँ वर्ष मनाउन आउनेमध्ये सबैभन्दा धेरैको रोजाइमा तिलिचो ताल पर्ने गरेको छ । नयाँ वर्ष मनाउनका लागि आउने आन्तरिक पर्यटकको चाप बढेको हो ।

दशैँ तिहारको छुट्टीमा जस्तै नयाँ वर्ष मनाउन आफूहरुको रोजाइमा मनाङ परेको पर्यटकहरु बताउ छन्् । विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल, मनाङ गाउँको काखमा रहेको गंगापूर्ण ताल र पिसाङमा रहेको पिसाङ ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पारेका हुन् ।

हिमशृंखलाबाट बनेका तालतलैया र मौलिक परम्पराले जो कसैलाई पनि मोहित बनाउने सौन्दर्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने गर्छ । नयाँ वर्षको दिन करिब पाँच सयभन्दा बढी आन्तरीक पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

त्यो संख्या दोब्बरले बढ्ने मनाङ जिल्ला पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए । मनाङ घुम्न पुग्ने आन्तरिक पर्यटकका कारण होटल भरीभराउ हुने गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]