Dabali News

अस्पताल भवनको निर्माण कार्य अलपत्र, ४० प्रतिशत मात्रै काम

३० चैत

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन ।

उक्त अस्पताल भवन ४ अर्ब ५० करोडको लागतमा निर्माण थालिएको हो । निर्माण कार्यको सुपरीवेक्षणको जिम्मेवारी दिइएको केज कन्सल्टेन्सीले उक्त भवन निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रचलनमै नरहेको ३.५ प्रतिशत कन्सल्टेन्सी बापतको रकम लिएको छ ।

अग्रिम रुपमा कन्सल्टेन्सी बापतको १४ करोड रकम भुक्तानी दिइसकिएको तर, भवन बनाउने कार्य भने अधुरो र अलपत्र छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.रौनियारले कन्सल्टेन्सी बापतको रकम भुक्तानी दिएर भवन निर्माण बापत विनियोजित रकममध्ये ९ करोड एमआरआई खरिदमा रकमान्तर गरेपछि भवन निर्माण कार्य अलपत्र परेको प्रतिष्ठानका जानकारहरुको आरोप छ ।

अस्पताल भवनको ९ करोड एमआरआई खरिदमा रकमान्तर गरिए पनि अन्तिममा त्यसको पनि सम्झौता रद्द भएपछि एमआरआई खरिद कार्य पनि अबरुद्ध भएको हो । २ वर्ष अवधि सकिए पनि ४० प्रतिशत मात्रै काम भएको अनुमान छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]