Dabali News

सरकारले हावाहुरीपीडितका लागि आवास बनाएर वर्षात अघि नै हस्तान्तरण गर्ने

२२ चैत

काठमाडौं । आँधीहुरीबाट घरबास गुमाएका बारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाई दिने भएको छ ।

जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात शुरु हुनुअघि नै आँधीप्रभावित घरबारविहीन परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आँधीपीडितका लागि सरकारको ताजा योजनाबारे बिहीबार साँझ कुरा गर्दै सरकारको पछिल्लो निर्णयबारे जानकारी दिए ।

संघीय सरकारले यस्ता आवास निर्माणकार्यको समन्वय र सहजीकरणका लागि प्रदेश नं.२ का मुख्यसचिवलाई संयोजनको जिम्मेवारी दिएको छ ।

यस समितिमा सहरी विकास मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र रक्षा मन्त्रालयका तर्फबाट नेपाली सेनाका प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ ।

आवास निर्माण गर्ने जिम्मा नेपालका कठिन भौगोलिक क्षेत्रमासमेत सडक पुर्याएर प्रशंसा आर्जन गरिरहेको नेपाली सेनाले पाएको छ ।

सरकारको पछिल्लो निर्णयबाट वर्षातको बेला आँधीहुरी प्रभावित जनता कहाँ सुरक्षित ओत लाग्ने भन्ने चिन्ता गरिरहनु नपर्ने र पहिलेको तुलनामा बढी सुरक्षित जीवनयापन गर्न सहज हुने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]