Dabali News

राप्रपाको विद्यार्थी संगठनको अध्यक्षमा सिंह चयन 

२९ चैत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’ अध्यक्षमा महेश सिंह चयन भएका छन् ।

काठमाडौ‌ंमा जारी संगठनको राष्ट्रिय भेलाले सिंहलाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

संगठनमा अावद्ध विद्यार्थीहरु देशभरीबाट काठमाडौंमा भेला भएका छन् । अध्यक्षका अाकांक्षी धेरै भएपनि संगठनमा क्रियाशिलता र कार्य क्षमताका अाधारमा राप्रपाले सिंहलाई प्रस्ताव गरेको थियो । पार्टीको प्रस्तावलाई प्रतिनिधिहरुले एक मतले पारित गरेका थिए ।

सुदूरपश्चिमको बझाङ स्थायी घर भएका नवनिर्वाचित सिंहले शैक्षिक एजेण्डासँगै पार्टीले अगाडि सारेको राष्ट्रवादी अभियानलाई लिएर विद्यार्थी माझ जाने प्रतिवद्धता जनाएको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]