Dabali News

जुम्लामा पहिलो पटक निःशुल्क विशेषज्ञ सेवा सञ्चालन

२९ चैत

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा निःशुल्क विशेषज्ञ सेवा सञ्चालन गरिएको छ ।

विकट भौगोलिक क्षेत्रका कारण समयमै विभिन्न रोगका बिरामी आउन नसक्ने भन्दै शिविर मार्फत निशुल्क विशेषज्ञ सेवा सञ्चालन गरिएको हो ।

नाक, कान, घाँटी, छाला, दाँत, छाती, रेडियोलोजी, र आखाँको निशुल्क उपचार गर्नको लागि सेवा सञ्चालन गरिएको हो । एक एक पाईला नामक संस्थाको प्राविधिक सहयोग रहेको छ ।

३ दिनसम्म चल्ने निशुल्क विशेषज्ञ सेवामा पहिलो दिन नाक, कान, घाँटीका २०३ जना, रगत परिक्षण ७९ जना, जनरल मेडिसन १०२ जनाले गरेका छन । यस्तै दाँत स्कोलिङ ७५ जना, दाँत अप्रेशन ४० जना, छाला परिक्षण १०९ जना, भिडियो एक्सरे २५ जनाले गरेका छन ।

विभिन्न रोगको निशुल्क विशेषज्ञ सेवा सञ्चालनका लागि डा.सुमन शमशेर थापाको नेतृत्वमा ४० जनाको टोली जुम्लामा पुगेको छ । दोस्रो दिनसम्म आउँदा १ हजार ६ सय १४ जनाले स्वास्थ्य परिक्षण गरिसकेका छन् । शिविर सञ्चालन अवधीभर ५ हजार जनाले उपचार गर्न पाउने बताइएको छ ।

जिल्लामा आउन समय लाग्ने र महंगो उपचार गर्न नसक्दा अधिकांश बिरामी गाउँमै बसेका थिए । निशुल्क सेवा प्रदान गर्ने खवरले दुर्गम गाउँबाट बिरामी आइरहेको अस्पताल निर्देशक गोसाईले बताए ।

सेवालाई मर्यादित, अनुशासित बनाउनका लागि पहल भइरहेको छ । पहिलो आउनेले पहिला सेवा पाउने भएकोले शिविरमा सबैले समानरुपमा उपचार पाइरहेका छन् । तिला गाउँपालिकाका कलिमान बोहोराले पहिलो पटक विभिन्न रोगको विशेषज्ञ सेवा एकै थलोमा पाउँदा निकै खुुसी लागेको बताए । उनले भने,आफ्नो जिल्ला भित्रै बसेको शिविरले राम्रो सन्देश दिएको छ । गाउँका बिरामीलाई एकै पटक उपचार गराएर रोगको पहिचान गरेर उपचार विधी अपनाउन सहज भएको छ ।

अस्पताल निर्देशक गोसाई सेवाले कर्णालीमा स्वास्थ्य उपचारमा राम्रो प्रभाव पारेको बताउँ छन। आगामी दिनमा अस्पतालका सेवालाई प्रभावकारी बनाउँदै निशुल्क विशेषज्ञ सेवा सञ्चालनका लागि बाटो खुलेको बताए ।

बिहानै देखि लाइनमा बसेर शान्तिपूर्ण तरिकाले सेवा सञ्चालन भएको र सेवा लिन कालिकोट, मुगु र डोल्पा जिल्लावाट पनि बिरामी आएको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]