Dabali News

शान्तिनगरको अशोका होटलमा यौन शक्तिको सुई प्रयोग गर्दा युवतीको मृत्यु, प्रेमी फरार

२९ चैत

काठमाडौँ । भारतको महाराष्ट्रमा यौन शक्ति बढाउन सुई प्रयोग गर्दा एक युवतीको ज्यान गएको छ । महाराष्ट्रस्थित भिवंडी सहरको शान्तिनगर थाना क्षेत्रस्थित जनकल्याण नाकामा रहेको अशोका होटलमा प्रेमीसँग गएकी २८ वर्षीया युवतीको औषधिको ओभरडोजले ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रमाइलो गर्न होटल पुगेका प्रेमी भने फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । दुबैले होटलमा कोठा लिएर बसेका थिए । त्यही क्रममा युवतीले यौन शक्ति बढाउने सुई लगाएकी थिइन् ।

सुईले स्वास्थ्य अवस्था बिग्रिएपछि उनका प्रेमी उनलाई त्यही छोडेर भागेका थिए । होटलका वेटरले अर्डर लिन आउने क्रममा युवतीलाई बेहोस देखेपछि म्यानेजरलाई जानकारी गराई अस्पताल लगिएको थियो ।

अस्पतालमा उनको होस आएको र डाक्टरलाई आफ्नो नाम र ठेगाना बताएपछि केही बेरमै मृत्यु भएको बताइएको छ । घटनाबारे अस्पतालले प्रहरीलाई जानकारी गराएपछि युवतीको शव नियन्त्रणमा लिएर प्रहरीले छानविन सुरु गरेको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार अमृतनगरको रशीद कम्पाउण्ड घर भएकी युवती कल्याण निवासी आफ्ना प्रेमीका साथ भिवंडी पुगेकी थिइन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]