Dabali News

त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नती शुरु, राति १० बजेदेखि बिहान ८ बजेसम्म पिच मर्मत हुने

२० चैत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे (धावनमार्ग) स्तरोन्नति औपचारिक रुपमा शुरू भएको छ ।

आज (बुधबार) बिहान पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले स्तरोन्नतीको शिलान्यास गरेका हुन् । पूजाआजा गरेर स्तरोन्नतिको काम शुरू गरिएको हो ।

धावनमार्ग स्तरोन्नतिको काम चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजीले पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वे को स्तरोन्नति गर्ने छ ।

विमानस्थलमा रहेको ३ किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न ३ महिना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग पिच मर्मत हुनेछ ।

सो अवधिभित्र अहिले भइरहेको पिचको निश्चित भाग भत्काइने र नयाँ पिच राखेर बिहान उडान सञ्चालनयोग्य बनाइने विमानस्थलले जनाएको छ ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग २१ घन्टासम्म निरन्तर सञ्चालन हुँदा चाप बढेका कारण पिच उप्काएर नयाँ पिच लगाउन सेड्युअल अनुसार नै काम अघि बढाइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]