Dabali News

मेलम्ची सुरुङ ब्रेक थुरुको औपचारिक घोषणा, दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने

२९ चैत

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ मार्ग ब्रेक थुरु भएको औपचारिक घोषणा भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन र खानेपानी मन्त्री विना मगर सुरुङ मार्गको सिन्धु अडिट पुगी घोषणा गरेका छन् ।

सुरुङ भित्र रिवन काटेर ब्रेक थुरुको औपचारिक घोषणा भएको छ । सो क्रममा उपराष्ट्रपति, मन्त्री सरकारका उच्च अधिकारीले सिन्धुदेखि अम्बाथान सम्मको यात्रा गरेका छन् ।

मेलम्चीको पानी काठमाडौँ ल्याउन साढे २७ किलोमिटर लामो अम्बाथान-सुन्दरीजल सुरुङ प्राविधिक रुपमा मंगलबार दिउँसो नै ब्रेक थुरु भएको हो ।

काठमाडौँबासीको खानेपानी समस्या दीर्घकालिन रुपमा हल गर्न मेलम्ची नदीबाट सुरुङ हुँदै पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]