Dabali News

नायिका क्षितिजा अनलाइन फेसन डिजानिङमा व्यस्त

२९ चैत

काठमाडौँ । नायिका एवं मोडल तथा डिजाइनर क्षितिजा शाक्य यतिखेर अनलाइन फेसन डिजानिङमा व्यस्त छिन् ।

चलचित्र र विज्ञापनको अफर आए पनि त्यतातिर समय दिन सकेकी छैनन् । अनलाइन फेसन डिजाइनको कामले व्यस्त भएका कारण चाहेर पनि चलचित्र तथा मोडलिङमा समय दिन नसकेको बताएकी छिन् ।

डिजाइनहरु अमेरिका, बेलायत, जर्मन, जापान, हङकङलगायत मुलुकबाट आएको र ती मुलुकका क्लाइन्टहरूको डिमान्डअनुसारको फेसन डिजाइनिङ गर्ने दिनरात नभनिकन गरिरहेको पनि बताएकी छिन् ।

फरक ढंगबाट गरिएका नायिका शाक्यका फेसन डिजाइनले विभिन्न मुलुकमा हाल चर्चा पाएको छ । डिजाइनबाट राम्रो नाम तथा दाम दुवै पाएपछि निक्कै हौसिएकी उनी आफू टाइममा फेसन डिजाइनिङ कोर्समा डिप्लोमा गरेकोले अहिले यसलाई प्रयोग गर्न पाएको तथा स्वरोजगार बनेर धेरैलाई रोजगारी दिएको बताईन् ।

इन्टरनेसनल क्रियसनमार्फत अनलाइन फेसन डिजाइन गरेर अनलाइन अर्डर तथा सप्लाई गर्ने कार्य गर्दै आएकी उनलाई अहिले कामको चाङ्ग छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]