Dabali News

बार चुनावः ताजा अपडेट- पूर्वएमाले-माके निकट विकललाई काँग्रेसका वकिलले पछारे

२० चैत

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक समूहले अग्रता लिएको छ । सुरुमा अग्रता लिएको प्रगतिशील समूहलाई पछी पार्दै लोकतान्त्रिक समूहबाट अध्यक्षका प्रत्यासी पोखरेलले अग्रता लिएका छन् ।

पछिल्लो परिणामअनुसार लोकतान्त्रिक समूहका पोखरेलले ७८ मतले अग्रता लिएका छन् । इलाम, झापा र विराटनगरको मतगणना सकिँदासम्म प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठले ८७ मतले अग्रता लिएका थिए ।

निर्वाचन समितिका अनुसार ताजा परिणामअनुसार पोखरेलले १ हजार ४ सय ३१ र श्रेष्ठले १ हजार ३ सय ५३ मत पाएका छन् ।

त्यसैगरी महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेल प्रगतिशिल प्यानलका सुरेन्द्र थापाभन्दा १३९ मत अन्तरले अगाडि छन् । पौडेलले १ हजार ४ सय ३२ र थापाले १ हजार २ सय ९३ मत पाएका छन् । अब कैलाली, कञ्चनपुर, नेपालगञ्ज, सुर्खेत, दाङ घोराही र काठमाडौं उपत्यकाको मत गणना बाँकी छ ।

सत्तारुढ (नेकपा)सहित केही वामपन्थी शक्‍ति निकट वकिलहरु र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस निकट वकिलहरुले फरक फरक प्यानल बनाएर चुनावमा उम्मेदवारी दिएका थिए ।

बारको नयाँ नेतृत्वको लागि काठमाडौं उपत्यकाका साथै देशभरिका ३५ मतदान केन्द्रमा रहेका थिए । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

निर्वाचन समितिका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । नेपाल बार एसोसिएसनका देशभर १० हजार ३१३ मताधिकार प्रयोग गरेका थिए ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]