Dabali News

केरुङ-काठमाडौं रेलको कुरा छोडेर रक्सौल-काठमाडौं माग गर्नु ओलीको कुरूप मानसिकता

२८ चैत्र

काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीका भारत भ्रमणलाई ७ ओटा बुँदामा व्याख्या गरेका छन् । उनले भारतले प्रधानमन्त्री ओलीलाई विश्वास गर्नु भन्दापनि हेर्दै जाने बताएको तर प्रचारमा सम्बन्ध सुध्रिएको बताइएको बताउँदै यो दास र मालिकको मनोविज्ञान भएको बताए ।

केरुङ-काठमाडौं रेलको योजनासँग सन्तुलन मिलाउन रक्सौल-काठमाडौं रेलको माग भारतसँग राखिएको भन्दै दाहालले कुरुप मानसिकताको उपज भएको बताएका छन् ।

यस्तो छ ७ बुँदे चिरफार

१.कुटनीति भनेकाे शक्ति सन्तुलनकाे प्रयास हाे, यसलार्इ राजनीतिक सम्बन्ध सुधारका रूपमा बुझ्नु हुँदैन। प्र.म.काे भ्रमण नेपालभित्रकाे बाह्य शक्ति सन्तुलन मिलाउन खाेज्ने साेँचमा केन्द्रित छ, नेपाल र इण्डियाका बीचकाे हाेइन।

२.अाेलीले इण्डिया नचिढिने गरी विषयकाे वर्गिकरण गरेर कुरा उठाउने चलाकी गरेका छन्। नेपालका मूलभूत समस्यालार्इ एजेन्डा, सहमति, सम्झाैता र बक्तव्यमा कतै पनि पारिएकाे छैन र यसलार्इ इण्डियन पक्षबाट कतै पनि रेस्पाेन्स गरिएकाे छैन।

३.इण्डियन पक्षले अाेलीकाे भ्रमणलार्इ ‘फारवार्ड लुकिङ एप्राेच’ (हेर्दै जाने) मा अाधारित भनेकाे छ तर सम्बन्ध सबै सुध्रिसकेकाे प्रचार गरेकाे छ। दास र मालिककाे मनाेविज्ञान यसैबाट देखिन्छ।

४.नेपालकाे पक्षले चाप्लुसीकाे भाषामा इण्डियन पक्षलार्इ स्वागत गरेकाे छ तर इण्डियन पक्षकाे स्वागत चेतावनीयुक्त भाषामा छ। उनीहरूले नेपालसँगकाे सम्बन्धलार्इ क्षेत्रिय नीतिकाे अङ्ग बतार्इसकेका छन्। चीन र पाकिस्तानसँगकाे सम्बन्धलार्इ दूरीमा राख्नु पर्ने, सार्ककाे प्रश्न चर्काउन नपार्इने, हार्इड्राेमा चीनलार्इ प्रवेश दिन नहुने र पानी जहाजकाे कुरा गर्ने हाे भने काेशीमा उच्च बाँध बनाउन दिनुपर्ने उनीहरूकाे प्रष्ट कुरा छ।

५.रक्साैल-काठमाडाैं रेलकाे माग इण्डियालार्इ खुसी बनाएर चीनकाे केरूङ-काठमाडाैं रेलकाे याेजनासँग सन्तुलन मिलाउने कुरूप मानसिकताकाे उपज हाे।

६.संयुक्त सुरक्षा जाँच चाैकी इण्डियाकाे पहिल्यैदेखिकाे मुख्य माग हाे, याे सैनिक घुसपैठकाे रणनीतिमा अाधारित खतरनाक सम्झाैता हाे।

७.दमित स्वर, गुनासाे र अनाैपचारिक रूपमा उठाए पनि सिमावर्ती बाँधहरू र सिमानाकाे कुरा उठाउनु अाेलीकाे सबैभन्दा ठूलाे उपलब्धि हाे तर यति गर्नका लागि उनले पहिले दिल्ली भ्रमणमा निरन्तरता, दिल्लीले एकपक्षिय रूपमा सार्वजनिक गरेकाे मितिमा भ्रमण, सूचीमा संलग्न नभएकाे ‘वान टु वान’ वार्ता, फ्री तिब्बत अभियन्ताकाे स्वागत र बाेअाअाे फाेरम बैठक बहिष्कार गर्नु परेकाे छ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]