Dabali News

एलजी टिभी आवाजबाटै सञ्चालन हुने

१९ चैत

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले आवाजबाटै सञ्चालन गर्न सकिने टिभी सार्वजनिक गरेको छ ।

नेपाली बजारमा विभिन्न घरायसी प्रयोजनका विद्युतीय उपकरण तथा घरेलु मनोरञ्जनका सामग्री उपलब्ध गराउँदै आएको कम्पनीले ल्याएको एजलीका टिभी रिमोटबाटै सञ्चालन गर्न सकिनेछ ।

एलजीका सबै स्मार्ट तथा युएचडी टिभीमा यो सुविधा उपलब्ध छ । हाल एलजीले नर्मलदेखि अल्ट्रा एचडी र ओएलइडीसहित विभिन्न ५ रेन्जका टिभी बजारमा ल्याएको छ ।

सिजी इलेक्ट्रोनिक्सले एलजी टिभीमा बिक्रीपछिको सेवामा विशेष ध्यान पुर्याएको छ । यसले देशको पूर्वदेखि पश्चिमसम्मका सबै मुख्य-मुख्य सहरमा सर्भिस सेन्टर स्थापना गरेको छ ।

कम्पनीले काठमाडौंमा टोल फ्री नम्बरसमेत सञ्चालन गरेको छ । कम्पनीले ‘टु वान वान’ नारासहित बिक्रीपछिको सेवा दिइरहेको छ । उपभोक्ताले टिभीको समस्याबारे टोल फ्री नम्बरमा समस्या टिपाएको २४ घण्टाभित्र समस्या समाधान हुने कम्पनीले दाबी गरेको छ ।

यसले चाँडै नै नयाँ वर्षको अवसरमा विशेष छुटको अफर ल्याउने तयारी गरिरहेको छ । अल्ट्रा एचडीसम्मको टिभीमा २ वर्षको फुल वारेन्टी सुविधा दिएको कम्पनीले जनाएको छ ।

३७ वर्षअघि सुरु भएको सिजी इलेक्ट्रोनिक्सले मुख्यतः टिभी, वासिङ मेसिन, फ्रिज, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभनलगायत होम इन्टरटेन्मेन्ट र होम अप्लाइन्सेजका सबै प्रकारका सामान बिक्री गर्दै आएको छ ।

यसले देशभरका १४ वटा आधिकारिक सोरुम र ३ सयभन्दा बढी डिलरमार्फत सामान बिक्री गर्दै आएको छ ।

टिभीको रेन्ज र मूल्य

-२४ देखि ४३ इन्चसम्मका नर्मल टिभी २० हजारदेखि ५५ हजार रुपैयाँसम्म
-३२ देखि ४९ इन्चसम्मका स्मार्ट टिभी ४२ हजारदेखि १ लाख रुपैयाँसम्म
-४३ देखि ७५ सम्मका अल्ट्रा एचडी टिभी ८० हजारदेखि २ लाख ११ हजार रुपैयाँसम्म
-५५ देखि ८६ इन्चसम्मका सुपर अल्ट्रा एचडी २ लाख ६७ हजारदेखि १३ लाख ५० हजार रुपैयाँसम्म
-ओएलइडी ५५ र ६५ इन्चका ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म

टिभीका विशेषता

एलजी टेलिभिजन कोरियाली ब्रान्ड हो । यसका उत्पादनमा नयाँ–नयाँ प्रविधि प्रयोग गरिने कम्पनीको दाबी छ । आवाजबाटै टिभी कन्ट्रोल हुन्छ । रिमोटमा आवाज दिएपछि टिभीमा त्यही च्यानल खुल्छ ।

४३ इन्चदेखि ८६ इन्चसम्मका टिभीमा यो फिचर छ । एलजीका सबै स्मार्ट र फोरके यु-एचडी टिभीमा यो विशेषता रहेको छ ।

त्यस्तै, यसका टिभीमा बि-वोस अपरेटिङ सिस्टम छ । यसले गर्दा अपरेटिङमा झन्झट नहुने कम्पनीको भनाइ छ । आइपिएस प्यानल प्रयोग भएका एलजीका टिभीको पिक्सेल क्वालिटी पनि राम्रो छ ।

अल्ट्रा एचडीसम्मको टिभीलाई पनि कम्पनीले २ वर्षको पूर्ण वारेन्टी दिएको छ । अल्ट्रा एचडीले नर्मल पिक्चरलाई पनि फोरके पिक्चरमा कन्भर्ट गरेर देखाउँछ ।

कम्पनीको विश्वास

हामीले ३० वर्षदेखि नेपाली बजारमा उपभोक्ताको विश्वास जितिरहेका छौँ । एलजी टिभीले हाल बजारमा ३० प्रतिशतको हाराहारीमा हिस्सा ओगटेको कम्पनीको दाबी छ ।

एलजीले आर एन्ड डी क्षेत्रमा धेरै लगानी गर्ने गरेको छ र नयाँ-नयाँ मोेडेल तथा प्रविधि प्रयोग गरिरहेको छ । कोरियामा कुनै नयाँ टिभी उत्पादन भएमा त्यसको ३ महिनाभित्रमा नेपालमा ल्याएर बिक्री गर्ने गरेका छ ।

आधुनिक प्रविधि, सरल मूल्य र उच्च गुणस्तर र प्रभावकारी बिक्रीपछिको सेवाका कारण उपभोक्ताको मन जित्न सक्नेमा कम्पनी विश्वस्त छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]