Dabali News

ठेकेदार कम्पनीले माग्यो १ अर्ब ६५ करोड थप भुक्तानी

२८ चैत

काठमाडौँ । इटालियन कम्पनी ठेकेदार कम्पनी को-अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टीले १ अर्ब ६५ करोडको भुक्तानी दावी गरेको छ ।

मेलम्ची खानेपानी परियोजनासँग ठेक्का सम्झौता भएको रकमभन्दा १ अर्ब ६५ करोड भेरियसन माग गर्दै कम्पनीले आवेदन दिएको हो ।

सरकारले यो कम्पनीसँग ७ अर्ब ७१ करोडमा सुरुङ र इन्टेक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । उसले नेपालको आन्तरिक राजनीतिक अवस्था र प्राकृतिक विपदका कारण उत्पन्न विषम परिस्थितिले घाटा लाग्ने अवस्था आएको भन्दै क्षतिपूर्ति दावी गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाले भने कम्पनीलाई २८ करोड मात्रै भेरियन दिने निर्णय गरेको छ । त्यसमा सीएमसीले चित्त बझाएको छैन । आयोजना प्रमुख रामचन्द्र देवकोटाकाअनसार उसले पुनरावलोकन समितिमा आयोजनाले दिएको भेरियनमा असहमति जनाउँदै पुनरावेदन गरेको छ । यदि समितिले पनि पुनरावलोकन नगरे सिंगापुरका आर्बिटेसन अदालतमा मुद्धा दायर गर्ने चेतावनी कम्पनीले दिएको छ ।

‘हामीले २८ करोड थप भुक्तानी दिने निर्णय गरिसक्यौं,’ देवकोटाले भने,’ठेकेदार कम्पनीलाई चित्त नबुझेको भए कानुनी रुपमा अघि बढ्न सक्छ । हामीले ठेक्का अवधि लम्बिँदा उसलाई भएको क्षतिको अध्ययन गरेर यो अतिरिक्त भुक्तानी दिने निर्णय गरेका हौं । थप दिने अवस्था छैन ।’

यो कम्पनीले सन् २०१४बाट सरुङ निर्माण्को जिम्मा पाएको थियो । तर, भूकम्प र नाकाबन्दीका कारण समयमै काम गर्न नसकेको भन्दै उसले ठूलो भेरियसन माग गरेको हो ।

यसअघि चिनयाँ ठेकेदार कम्पनीले निकै सुस्त गतिमा काम गरेपछि सरकारले सीएमसीलाई सुरुङ निर्माणको जिम्मा दिएको थियो । सीएमसीले मंगलबार तीनवटै खण्डको ब्रेक गर्दै सुरुङमार्ग खन्ने काम सकाएको छ ।

खन्ने काम सकिए पनि अडिट सुरुङहरु थुन्ने, सुरुङमा क्रंक्रिटमार्फत फिनिसिङ गर्ने काम बाँकी नै छ । यस्तो अवस्थामा उसले अतिरिक्त भुक्तानीमा चित्त नबुझाउँदा काम रोकेर असहयोग गर्ने सम्भावना छ ।

आफूले दावी गरेको अतिरिक्त भुक्तानी नपाएपछि उसले अन्तिम खण्डको ब्रेक(थ्रु प्रभावित हुने गरी काम रोकेको थियो । विना मगरले खानेपानी मन्त्रालय समहालेलगत्तै दबाव दिएर सुरुङ खन्ने काम चाँडो सक्न लगाइएको हो ।

अब उसले सुरुङमार्गमा लाइनिङ र इन्टेक बाँध निर्माण लगायत धेरै काम गर्न बाँकी नै छ । यस्तो अवस्थामा फेरि पनि ठेकेदार कम्पनीले थप भुक्तानीका लागि काम रोकेर सरकारमाथि दबाव दिनसक्ने अवस्था कायमै छ ।

सरकारले दशैंअघि नै काठमाडौंका उपभोक्तालाई मेलम्चीको पानी खुवाउने बाचा गरेको छ । तर, सुरुङको फिनिसिङको काम ठेकेदार कम्पनीले अवरोधबिना गरिदिए मात्रै यो सम्भव हुनेछ । सीएमसीले २०७३ असारभित्र सुरुङ र इन्टेक निर्माण गरिसक्नुपर्ने थियो । तर विभिन्न कारणले त्यो सम्भव भएन ।

सन् २०१३ को सुरुमै सुरुङ निर्माण सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदार चाइना फिफ्टिन रेल्वे ब्युरोले झन्डै चार वर्षमा जम्मा साढे ६ किमिमात्र सुरुङ निर्माण गरेपछि सीएमसी आएको थियो । चिनियाँ ठेकेदारले साढे २७ किमि सुरुङ र इन्टेक बाँध बनाउन ४ अर्ब २८ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।

६० करोड बिल भुक्तानी लिएको चिनियाँ ठेकेदारले ढिला गरेर जम्मा साढे ६ किमिमात्र सुरुङ खनेपछि लापरबाही भएको भन्दै नयाा टेण्डर गदा लागत दोब्बरले बढेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]