Dabali News

स्वामित्व विवाद सल्टयाएर निकास निकाल्न संसदको ध्यानाकर्षण

२८ चैत

काठमाडौँ । राप्ती उपक्षेत्रीय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्व विवादको विषय प्रदेशसभामा पुगेको छ ।

अस्पतालको विवाद सल्टयाएर निकास निकाल्नका लागि संसदको ध्यानाकर्षण गराइएको हो ।

प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद श्रेष्ठले भने ‘उपक्षेत्रीय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको विवाद अन्त्य होस ।’

दाङ घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अहिले विवाद चलिरहेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ऐन अनुसार उपक्षेत्रीय अस्पतालको स्वामित्व खोजिरहेको छ, भने उपक्षेत्रीय अस्पतालले दिन मानेको छैन ।

राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण गर्ने प्रतिष्ठानको ऐन बमोजिम तत्काल कार्यान्वयन प्रकृयामा लैजानुपर्ने बताइएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेर ऐन अनुसार अघि बढ्नु पर्नेमा भएको छैन ।

उनले भने ‘ऐन नियमानुसार चल्नु पर्नेमा स्वास्थ्य क्षेत्रलाई विवादको थलो बन्न दिनु हुँदैन ।’ विवादकै कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहने वा नरहने भन्ने आशंका समेत चलिरहेका बेला सांसद श्रेष्ठले प्रतिष्ठान नरहने अवस्था आए जिल्लाको स्वास्थ्य क्षेत्र धराशायी बन्ने तर्फ संसदलाई सचेतसमेत गराएका छन् ।

उपक्षेत्रीय अस्पताल अहिले नाम मात्रैको अस्पताल बनेको छ । यो अस्पतालबाट सामान्य बिरामीसमेत बुटवल तथा नेपालगन्ज रेफर हुने गरेका छन् । राप्ती स्वास्थ्य प्रतिष्ठानले भने ऐन अनुसार उपक्षेत्रीय अस्पतालको स्वामित्व हस्तान्तरण हुनुपर्ने दाबी गरेको छ ।

२ वटा स्वास्थ्य निकायबीचको विवादको फाइदा उठाएर स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्यत्रै स्नान्तरण गर्ने योजनासमेत बन्न थालेको छ तर प्रतिष्ठानका लागि तय भएको स्थान बाहेक अन्यत्र कहीँ नजाने दाबी उपकुलपति संगिताले गरेकी छिन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]