Dabali News

नयाँ शक्तिका एक्ला जनप्रतिनिधि जनताको करोडौं ठगेर फरार, भारतीय भूमिमा बसेर फोनबाटै काम

२८ चैत्र

बुटवल । चुनावको बेला ‘गाउँगाउँमा सिंहदरवार’ को नारा बोकेर मत मागेका जनप्रतिनिधिहरु कुखुरा चोरदेखि, भ्रष्टाचारी, चेलीबेटी तस्कर, ठग, सरकारी बजेटमा नीजि जग्गा खरिददेखि, अपाङ्ग भत्ता खानेसम्म भएपछि जनताको आशा निरासतिर परिणत भइरहेको छ । यसैबीच एक जनप्रतिनिधिले त जनताको करोडौं ठगेर फरार समेत भएको छन् ।

कपिलवस्तु यशोधरा गाउँपालिका –५ का वडाअध्यक्ष लइस पठानले विभिन्न किर्ते, ठगी, दोहोरो नागरिकता मुद्धामा उजुरी परेपछि अहिले उनी फरार छन् ।

आर्थिक समृद्धिको नारा दिने नयाँ शक्ति नेपालका तर्फबाट निर्वाचित पठान फरार भएपछि वडाको सम्पूर्ण कामकाज प्रभावित भएका छन् ।
नागरिकता सिफारिश, वडाको सामाजिक सुरक्षा वितरण, बार्षिक कार्यक्रम तथा पूर्वाधार निर्माण कार्य रोकिएका छन् । उनी फागुन १९ गते देखि वडा कार्यालयमा आएका छैनन् ।

स्थानीया अनुसार वडाअध्यक्ष पठान भारतीय सीमावर्ती बजार खुनुवामा बस्दै आएका छन् । उतैबाटै फोनमार्फत केही लाभका काम गराउँदै अाएका छन् । उनी नयाँ शक्तिबाट जित्‍ने एक्ला वडाअध्यक्ष हुन् ।

विभिन्न व्यक्तिसँग अर्कैको जग्गा देखाई वडाअध्यक्ष पठानले १ करोड बढि रकम ठगि गरेको आरोप छ । कसैलाई किर्ते लालपूर्जा दिएर वा कसैलाई ऋणको कागज बनाई उनले ५ जना भन्दा बढि व्यक्ति संग रकम लिएको उनीमाथि आरोप छ ।

पठान १ करोड १३ लाख रुपैयाँ ठगि गरेको, १२ लाख ५० हजारको चेक (अनादर) बाउन्स गरेको तथा भारतीय नागरिक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, रुपन्देही र कपिलवस्तु जिल्ला अदालतमा उजुरी तथा मुद्धा परेको छ । उजुरी लगत्तै पठान भारत पसेको बताइएको छ ।

यस्तो छ पठानले गरेको कागज

मर्यादपुर सीमा क्षेत्र पारीको खुनुवा बजार क्षेत्रमा उनी बस्दै आएको स्थानीय मंगल गुप्ताले जानकारी दिए । वड अध्यक्ष पठानले कपिलवस्तु नगरपालिका ५ का इसहार खाँ संग ३२ लाख रुपैयाँ लिएका थिए । जेसिभी मेशिन किन्ने भन्दै उनले कागज गरेर ३२ लाख लिएको पीडित इसहारको भनाई छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]