Dabali News

शाहिदकी पत्नी मीरा दोस्रो पटक गर्भवती

२७ चैत

काठमाडौँ । बलिउड अभिनेता शहिद कपुरकी पत्नी मिरा राजपुत फेरि पाउने भएकी छिन् ।

भारतीय मिडियाका अनुसार २३ वर्षको उमेरमा उनले दोस्रोपटक गर्भ बोकेकी छिन् । पहिलो सन्तानको रुपमा जन्मिएकी छोरी मिसा नहुर्किदै मिरा फेरि गर्भवती भएकी छिन् ।

यो कुराको पुष्टी शहिद र मिरा दुवैले गरिसकेका छैनन् । हालै सार्वजनिक भएको मिराको तस्वीरबाट उनी गर्भवती भएको खुलासा भएको हो । तस्वीरमा उनी लामो गाउनमा छिन्, जहाँ उनको बेबी बम्प देख्न सकिन्छ ।

केही समयअघि एक अन्तरवार्तामा शाहिदले आफूहरु दोस्रो बच्चाको प्लानिङ गरिरहेको बताएका थिए । उनले भनेका थिए, ‘हामीले पहिलो बच्चा प्लान गरेका थिएनौं, तर आकश्मिक रुपमा छोरी जन्मिन् । यसले हामीलाई ठूलो खुशी मिलेको छ । अब चाँडै अर्को बच्चा पनि पाएर आफ्नो परिवारलाई पूर्ण बनाउन चाहन्छौं ।’

दोस्रो बच्चा हुर्काइसकेपछि मिराले आफ्नो करिअरका विषयमा सोच्ने शाहिदले बताएका छन् । तर, मिरा भने गृहणी जीवनमै रमाउन चाहन्छिन् ।

अनेक युवतीसँग प्रेम गरेका शाहिदले मिरासँग मागीबिहे गरेका हुन् । शाहिद आफ्नी पत्नी र छोरीलाई निकै माया गर्छन् । उनीहरुलाई अक्सर सपरिवार रेस्टुरेन्ट वा एयरपोर्टमा स्पट गर्ने गरिन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]