Dabali News

बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सचेत सबैलाई आग्रह

२७ चैत

काठमाडौँ । मन्त्रिपरिषद बैठकले विपन्न, गरिब तथा सिमान्तकृत बालबालिका खोजी गरि विद्यालयमा भर्ना गर्न केन्द्र तथा प्रदेश सरकारका मन्त्रीहरुलाई निर्देशन गरेको छ ।

सरकारका मन्त्री, सरकारी कर्मचारी, स्थानीय तहका पदाधिकारी, राजनीतिक दलका नेता, विद्यालय व्यवस्थापन समिति, कलाकार, सञ्चारकर्मी, व्यवसायी तथा सचेत नागरिकलाई विपन्न बालक वा बालिका खोजी गरि विद्यालयमा भर्ना गरि स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न निर्देशन गरेको हो ।

नागरिकको लागि नागरिकद्वारा उत्तरदायीत्व ग्रहण गर्ने अभियान अन्तर्गत मन्त्रिपरिषदले यस्तो निर्णय गरेको बताइएको छ । त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव राजिव गौतमलाई कानुन सचिवमा सरुवा गरेको छ ।

प्रधानमन्त्री कार्यायको सचिवमा डिल्लीराज घिमिरेलाई बढुवा गरि पदस्थापना समेत गरेको छ । मन्त्रिपरिषद बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी आइजीपि नियुक्तिबारे छलफल हुने भनिए पनि बैठक त्यस तर्फ प्रवेश नगरेको बताइएको छ । दुवै सुरक्षा निकायका प्रमुखको भोली बिहीबारदेखि पदावधि सकिँदै छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]