Dabali News

सिंहदरबार भवनको प्रबलीकरण प्रक्रिया स्थगित, अध्ययन डिजाइनमा करोडौँ खर्च

२७ चैत

काठमाडौँ । भूकम्पले ग्रस्त सिंहदरबार भवनको पश्चिमी मोहडा प्रबलीकरण रेट्रो फिटिङ प्रक्रिया रोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि प्रबलीकरणमा भइरहेको काम तत्कालका लागि रोकिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रबलीकरणबारे अध्ययन गर्न परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको थियो । प्रधानमन्त्री ओलीले यसप्रति असन्तुष्टि जनाउँदै थप विवरण माग गरेपछि परामर्शदाता नियुक्त गर्ने प्रक्रिया तत्कालका लागि रोकिएको हो ।

भवनको अवस्था अध्ययनका लागि ६ वटा कम्पनीलाई सर्टलिस्टमा राखेर प्राविधिक मूल्यांकनको काम सम्पन्न गरिसकेको छ । ३ चरणको प्रक्रिया पूरा गरी आर्थिक प्रस्ताव खोल्ने काम मात्र बाँकी छ । यसका लागि सूचनासमेत प्रकाशित भइसकेको छ तर आर्थिक प्रस्ताव खोलेर परामर्शदाता नियुक्त गर्ने प्रक्रिया स्थगित छ ।

चैत १८ गते बालुवाटारमा सम्पन्न प्राधिकरणको परामर्श परिषदको बैठकमा प्रधानमन्त्री ओलीले सिंहरदरबारको मूल भवनमा भइरहेको प्रबलीकरण प्रक्रियामा असन्तुष्टि जनाएका थिए ।

रेट्रो फिटिङका नाममा त्यहाँ के भइरहेको छ म आफैं हेर्न चाहन्छु, त्यहाँ नहुनुपर्ने काम भइरहेको छ,’ ‘विश्वविद्यालय पढेपछि आएर अभ्यास गर्ने थलो होइन सिंहदरबार ।’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रबलीकरणबाट भवन जोगाउन सम्भव नभए भत्काएर नयाँ निर्माण गर्नुपर्नेमा जोड दिए । भूकम्प गएको ३ वर्ष बित्न लाग्दासमेत उक्त भवन प्रबलीकरण गर्ने वा भत्काएर पुनर्निर्माण गर्ने टुंगो लागेको छैन ।

यसअघि सहरी विकास मन्त्रालयमार्फत गरिएको अध्ययनबाट भवन भत्काउनु पर्ने आशयको प्रतिवेदन तयार पारिएको थियो । प्रतिवेदनअनुसार मन्त्रालयले भवन भत्काउने तयारी गर्दा ऐतिहासिक भवन भएकाले यसलाई जोगाउनु पर्ने आवाज उठेपछि रोकिएको थियो ।

भवनको प्रबलीकरण गर्ने वा भत्काउने भन्ने टुंगो नलागे पनि सरकारले पटक पटक गरी करोडौं खर्च गरिसकेको छ । गत असारमा प्लास्टिकले ढाक्न प्राधिकरणले ६ लाख ५० हजार खर्च गरेको थियो । केही महिनाअघि स्काफोल्डिङमा १ करोड २४ लाख रुपैयाँ खर्च गरेको छ ।

सहरी विकास मन्त्रालयले भवनको अध्ययनमा लाखौं रुपैयाँ खर्च गरेको छ । प्राधिकरणले अध्ययनकै लागि पुनः २ करोड खर्च गर्ने तयारीमा छ । अध्ययन, डिजाइन र सुपरभिजनका लागि २ करोड भन्दा बढी खर्च हुने बताएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]