
२६ चैत
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिएकी छिन् ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डट अफ एन पी छ । उनले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गरेकी छिन् ।
उनको पहिलो ट्वीटमा भनिएको छ “सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा र्पुयाउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !” संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्दै आएका छन् ।
नागरिकसँग प्रत्यक्ष जोडिने लक्ष्यकासाथ राष्ट्रपति ट्वीटरमा जोडिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।