Dabali News

सुखसूत्र पुस्तक सार्वजनिक, जिवनको अँध्यारो पक्षलाई छोडेर उज्यालोको चर्चा

२६ चैत

काठमाडौँ । सुखसूत्र पुस्तक सार्वजनिक भएको छ ।

शनिबार राजधानीमा एक समारोहकाबीच साहित्यकार युवाराज नयाँघरे, डा.चिन्तामणि योगी, साहित्यकार राधेश्याम लेकाली, अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र रक्षा नेपालका बालिकाहरुको संयुक्त उपस्थितिमा पुस्तकको लाकोपार्ण भएको हो ।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार युवराज नयाँघरले पुस्तकमा जीवनभित्रको अँध्यारो पक्षलाई छोडेर उज्यालो पक्षको मात्र चर्चा गरिएको बताए ।

साहित्यकार नयाँघरले भने, ‘भोजन, सोेंच र चिन्ताको व्यवहारबाट आजको समाज ग्रसित छ भन्ने बिषयलाई सुन्दर ढंगले व्यक्त गरिएको छ ।’ उनले पुस्तकमा सरल र नरम ढंगले मानिसलाई सुखी र सरल बन्ने कला सिकाएको बताउँदै पुस्तकले भिन्नै सूत्र मार्फत मानिसलाई सकारात्मक र सुुखी हुने कला दिन सफल भएको बताए ।

अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले पुस्तकका स्रष्टा आफैंले व्यवहारिक रुपमा सकारात्मक सन्देश छर्दै हिँडिरहेको हुनाले पुस्तक सकरात्मक सोच दिन सफल हुने बताए । उनले भने,‘सुखसूत्र जीवन बाँच्न सिकाउने पुस्तक हो, त्यो सफल हुने देखेको छु ।’

त्यही क्रममा डा.चिन्तामणि योगीले स्रष्टा सापकोटाको सुखसूत्रले सुःख छ, सुःखको कारण छ, सुख पाउन सकिन्छ भन्ने उपाय सिकाउन सफल हुने बताए । सुख पाउन सबभन्दा पहिला उनीलाई चिन्न पुस्तकले सिकाएको छ, उनले भने ।

१२ वर्षदेखि अस्ट्रेलियामा रहँदै आएका स्रष्ठा विभिन्न १४ देशका २७ वटा सहरमा जीवन परिवर्तनका लागि उत्पे्ररणात्मक कार्यक्रम संचालन गरिसकेका छन् । श्रष्टा विश्व शान्ति परिषदका शान्तिदूत,उनी अन्तर्राष्ट्रिय साहित्य समाजका उपाध्यक्ष,फिजी नेपाल सांस्कृतिक संघका राजदुत,अष्टेलिया स्थित भिक्टोरियन विश्वबिद्यालय तथा अष्टेलियन आइडियल कलेजमा प्राध्यपन गर्छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]