Dabali News

अरुण तेस्रोको लागि लगानी जुट्यो, ३ वटा बैंकले संयुक्तरुपमा लगानी गर्ने गरी सम्झौतामा हस्ताक्षर

१७ चैत

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ ।

शनिबार काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्तरुपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।

सतलज विद्युत निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत आयोजनामा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएलगत्तै आयोजनाले गति लिने विश्वास गरिएको छ ।

सो आयोजनामा स्टेट बैंक इन्डियाले ६ हजार ५६० करोड, एभरेस्ट बैंकले ८१२.६१ करोड र नबिल बैंकले ४८७.५८ करोड लगानी गर्ने भएका छन् । लगानी सम्मेलनमा भएको यो नै ठूलो लगानीसम्बन्धी सम्झौता हो ।

सम्झौतामा सतलज विद्युत निमगका अध्यक्ष शतिशकुमार शर्मा र स्टेट बैंक अफ इन्डियाका असिस्टेन्ट जनरल म्यानेजर सरोती विनोद कुमार, एभरेस्ट बैंकका डीजीएम गिरिश कोहली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हस्ताक्षर गरेका हुन् ।

कुल ९०० मेगावाट क्षमताको सो आयोजनाको १५ प्रतिशत भौतिक निर्माण पूरा भएको छ । आयोजनाको कुल लागत १ खर्ब १४ अर्ब रहेको छ । लगानी बोर्ड र आयोजनाको प्रवर्दधक सतजल विद्युत निगमबीच सन् २०१४ मा नै परियोजना विकास सम्झौता भएको थियो ।

सम्झौताका आधारमा प्रवर्दधक कम्पनीले संखुवासभामा आयोजना निर्माण गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा गत वैशाखमा सो आयोजनाको शिलान्यास गरेका थिए ।

जलप्रवाहमा आधारित सो आयोजना सार्वजनिक–निजी साझेदारी अन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अगाडि बढाइको छ । सञ्चालनमा आएको २५ वर्षपछि पूर्ण सञ्चालित अवस्थामा नै निर्माणकर्ता कम्पनीले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ ।

आयोजनाबाट नेपालले १९७ मेगावाट विद्युत निःशुल्क पाउने छ । बाँकी बिजुली कम्पनीले भारत निर्यात गर्नेछ । आयोजनाबाट नेपालले कुल १ खर्ब ६ अर्बभन्दा बढी रोयल्टी पाउने र ७७ अर्ब बढी राजश्व पाउने बोर्डको आँकलन छ । बोर्डको तथ्यांकअनुसार आयोजनाबाट नेपाललाई कुल ३ खर्ब ३८ अर्बभन्दा बढी आर्थिक लाभ हुनेछ ।

विश्वव्यापी खुला प्रतिस्पर्धाबाट सतलजले यो आयोजना निर्माणको जिम्मा पाएको हो । वित्तीय स्रोत जुटाएको ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]