Dabali News

नयाँ वर्षमा फेवा महोत्सव हुँदै

१६ चैत

पोखरा । फेवाताल किनारको कोमागाने पार्कमा १६ औं फेवा नव वर्ष महोत्सव हुने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ वर्षको सन्र्दभसंगै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र फेवा तालको संरक्षण गर्ने उद्धेश्यले महोत्सव गर्न लागिएको जानकारी गराएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराले आज गरेको पत्रकार सम्मेलनमा जाउँ है पोखरा भन्ने नारासहित चैत्र २९ देखि ३ दिनसम्म चल्ने महोत्सवमा २ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताएको छ ।

महोत्सवमा सहयोग पुर्याउन चितवन, जनकपुर, लुम्बिनी, इलाम, धरानलगायत शहरमा पोखराको पर्यटकीय महत्वबारे विशेष अभियान सञ्चालन गरिएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले प्रत्येक वर्ष १० लाख पर्यटक भित्रने पोखरामा महोत्सवपछि संख्या १२ लाख पुग्ने दाबी गरे । महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, साँस्कृतिक झाँकी, प्रदेशस्तरीय नृत्य, पर्यटक दौड, डुंगा दौड आदि आकर्षणका रुपमा रहने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]