Dabali News

१५ दिनभित्र चोरी नरोकिए ललितपुरमा विद्युत कटौतीको चेतावनी

२४ चैत

काठमाडौँ । सबैभन्दा बढी विद्युत चोरी हुने क्षेत्र ललितपुरमा चोरी नरोकिए कटौती गर्ने चेतावनी छ ।

वर्षौदेखि त्यस क्षेत्रमा हुँदै आएको विद्युत चोरी रोकिएको छैन् । १५ दिनभित्र त्यस क्षेत्रको चोरी नियन्त्रण नभए विद्युत कटौती गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उनले भने, ‘विभिन्न प्रयास गर्दा पनि चोरी नियन्त्रण गर्न नसकिएका क्षेत्रमा १५ दिने अल्टिमेटम दिएका छौं । समयमा पनि चोरी नरोकिए ब्ल्याक आउट गर्छौ ।’ ललितपुरका विद्युत चोरी हुने विभिन्न क्षेत्रका उपभोक्तालाई चोरी नगर्न र गरेको भएमा पनि त्यसलाई १५ दिनभित्र हटाउन आग्रह गरेका छन् ।

ललितपुरको भित्री सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगायतका स्थानमा संगठितरुपमा विद्युत चोरी भइरहेको छ ।

गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी, गुहीटोल, ठैब, बाँडेगाउँ, लुभु जाने फिडरअन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा अत्याधिक विद्युत चोरी हुने क्षेत्र हुन् ।

चापागाउँ जाने फिडरअन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँ लगायतका क्षेत्रका बासिन्दाले संगठितरुपमा विद्युत चोरी गरेको फेला परेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले जानकारी दिए ।

ती क्षेत्रमा औसत विद्युत चोरी ५० प्रतिशत छ । प्राधिकरणले चोरीका कारण यी स्थानहरुबाट मात्रै वार्षिक करिव ५० करोड रुपैयाँ राजश्व गुमाइरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]