Dabali News

मोबाइल भर्चुअल नेटवर्क अपरेटर भित्र्याउने सरकारको तयारी

२४ चैत

काठमाडौँ । नेपालमा पनि मोबाइल ‘भर्चुअल’ नेटवर्क अपरेटर कम्पनी भित्रिने भएको छ ।

मोबाइल सेवालाई प्रभावकारी बनाउने गरी सरकारले निर्देशिकाको मस्यौदा तयार पारेको छ ।

ठूला विदेशी कम्पनी आउन सक्ने गरी तयार मस्यौदा नेपाल दूरसञ्चार प्राधिकरणको बोर्डबाट पास भएर सरकार समक्ष पेश हुने छ । सरकारले स्वीकृति दिएसँगै नेपालमा भर्चुअल मोबाइल सेवा प्रदायकहरु भित्रिन सक्ने छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालनमा रहेका सेवा प्रदायकको फ्रिक्वेन्सी र नेटवर्क प्रयोग गर्ने गरी भर्चुअल सेवा प्रदायक भित्रिन लागेको हो । मोबाइल सेवा प्रदान गरिरहेका कम्पनीकै पूर्वाधार प्रयोग गरेर नयाँ सेवा दिने र भर्चुअल सेवा प्रदायकलाई छुट्टै फ्रिक्वेन्सी दिएर नेटवर्क खडा गर्न अनुमति भने नदिने प्राधिकरणले जनाएको छ ।

सेवा प्रदायकको फ्रिक्वेन्सी र नेटवर्क प्रयोग गरे पनि कम्पनी स्वतन्त्र स्वरुपको हुने र सेवालाई छुट्टै रुपमा चलाउने छ । भर्चुअल सेवा प्रदायक व्यवसायिक सम्झौता दोहोरो हितमा आधारित हुने छ ।

अहिले मोबाइल सेवा दिन अनुमति लिएका नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएल र हेलो नेपालकै फ्रिक्वेन्सी र नेटवर्क तथा पूर्वाधार प्रयोग गर्न सक्ने छन् । सेवा दिइरहेका कम्पनीकै पूर्वाधार प्रयोग गर्ने गरी कम्पनि आउने छ ।

स्तावित व्यवस्थामा बिलिङ प्रणाली भर्चुचल नेटवर्क अपरेटरको आफ्नै रहने बताइएको छ । अपरेटरले भ्वाइस, एसएमएस र डाटा सेवा दिन सक्छन् । एकै नेटवर्कमा फरक सेवा दिन सकिने भएकाले यसलाई विशेष मानिएको छ ।

रोपमा निकै प्रचलनमा रहेको अभ्यासलाई पहिलो पटक नेपालमा प्रयोग गर्न प्राधिकरणले प्रक्रिया अघि बढाएको छ ।
मोबाइल सेवा प्रदायक कम्पनीबीच भर्चुअल कम्पनी आएपछि सेवा विस्तार र गुणस्तरीयता कायम गर्ने सवालमा स्वस्थ किसिमको प्रतिस्पर्धा सिर्जना हुने अपेक्षा गरिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]