Dabali News

युनियन हाइड्रोको साधारण शेयर बिक्री शुरु

१३ चैत

काठमाडौं । निजी क्षेत्रको जलविद्युत कम्पनी युनियन हाइड्रोपावरले आजदेखि ३५ करोड ३४ लाख ३४ हजार बराबरको प्राथमिक शेयर बिक्री शुरु गरेको छ ।

कम्पनीले सर्वसाधारणतर्फ निष्कासन गरेकोमध्ये २ प्रतिशत अर्थात ७० हजार ६६८ कित्ता कर्मचारीका लागि र बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता सर्वसाधारणका लागि बिक्री शुरु गरेको हो ।

कम्पनीले पहिलो चरणमा यही चैत १७ गतेसम्म शेयर बिक्री गर्नेछ । सो अवधिमा शेयर बिक्री नभएमा कम्पनीले ढिलोमा आगामी वैशाख १२ गतेसम्म बिक्री गर्नेछ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ३ हजार ५०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको जनाएको छ ।

कम्पनीको लगानी फिर्ता हुने अवधि झण्डै ११ वर्ष रहेको छ । कूल ३ मेगावाट क्षमताको सो आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]