Dabali News

हावाहुरी र पानीसँगै परेको चट्याङले १० दिन विद्युत सेवा अवरूद्ध हुने

१३ चैत

काठमाडौं । पूर्वी नवलपरासीमा १० दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

मंगलबार बिहान परेको हावाहुरी र पानीसँगै परेको चट्याङले नवलपुरको प्रगतिनगर सवस्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षति पुगेपछि सबैजसो ठाउँमा विद्युत सेवा अवरुद्व भएको हो ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, कावासोतिले बुधबार पत्रकार सम्मेलन गरेर औद्योगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प हुने जनाएको छ ।

चट्याङले ट्रान्सफर्मरमा क्षति पुगेपछि नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारालगायतका स्थानमा रहेका औद्योगिक कलकारखानामा १० दिनसम्म पूर्ण रुपमा विद्युत सेवा अवरुद्व हुने भएको वितरण केन्द्र कावासोतीका प्रमुख राजिवकुमार शर्माले जानकारी दिए ।

ट्रान्सफर्मर मर्मतका लागि बुटवल र काठमाडौंबाट समेत प्राविधिक ल्याएर मर्मतका लागि प्रयास गरेपनि सफल नभएपछि विद्युत सेवा पहिल्यैकै अवस्थामा सञ्चालन्मा आउन लामो समय लाग्ने भएको हो ।

ट्रान्सर्फमर नयाँ फेर्नुपर्ने भएकाले विद्युत आपूर्ति सुचारु हुन ७ देखि १० दिनसम्म लाग्न सक्ने उनले बताए ।
तत्कालका लागि गैंडाकोटदेखि प्रगतिनगरसम्म भरतपुरबाट अस्थायी लाईन जोडेर प्रत्येक क्षेत्रमा दैनिक २ हाफ लाईन पालैपालो विद्युत दिने प्रयास गरिने भएको छ ।

कावासोती, चोरमारा लगायतका क्षेत्रमा पनि बर्दघाटतर्फको अस्थायी लाइनमार्फत दैनिक २र३ घण्टाकै दरले विद्युत सेवा प्रदान गरिने छ । विद्युत सेवा अवरुद्व भएपछि जिल्लाका सञ्चार माध्यम, कल कारखाना उद्योगलगायतका क्षेत्रमा त्यसको प्रत्यक्ष असर पुगेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]