आज :

चंखेली गाउँपालिकाका अध्यक्ष धनलालले किर्ते गरेर बजेट कुम्ल्याउन खोजेपछि …

हुम्ला । जिल्लाका एकजना जनप्रतिनिधिले किर्ते कागज तयार गरेर प्रदेश मन्त्रालयमा पेश गरेको सार्वजनिक भएको छ । हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईले किर्ते कागज गरेर कर्णाली प्रदेशको अर्थमन्त्रालयमा पेश गरेका हुन् ।

प्रदेश सरकारले स्थानीय तहमा दिएको समपुरक बजेट अध्यक्ष चौलागाईले गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका पदाधिकारी कसैलाई जानकारी नगराई किर्तेगरी प्रदेश मन्त्रालयमा योजनामा किर्ते गरेका हुन् ।

सोही गाउँपालिका वडानम्बर ३ का अध्यक्ष सालिग्राम ऐडीका अनुसार अध्यक्ष चौलागाई र सोही गाउँपालिका वडा नम्वर २ का अध्यक्ष हरिहर उपाध्याय, काशी उपाध्याय, दलजित बि.क. र बिर्ख धिताललगायतले सुर्खेतमै बसेर किर्ते कागज तयार गरी योजनाका ७ वटा फर्म पेश गरेका छन् । यतिसम्मकी चौलागाईले उपाध्यक्ष र वडाध्यक्षको किर्ते हस्ताक्षर गरेका छन् ।

अध्यक्ष चौलागाईले कालमबाडा सामुदायीक भवन, कालमबाडा सुनकार स्याऊ फर्म, बृहत सिँचाई रिर्जभ ट्याङकी, माथिल्लो पाली बृहत खानेपान, मेल्छाम गडेली हुँदै भुजखोलासम्म बाटो निर्माण, लौटारुखदेखि लोतीसम्म सिँचाई नहर सम्बन्धि किर्ते फाइल बनाई पेश गरेका छन् ।

आफ्नो नाममा पनि किर्ते गरेको सार्वजनिक भएसँगै गाउँपालिका उपाध्क्षय बिमला शाहीले आपत्ति जनाइन् । उनले आफु बिदामा रहेको समयमा अध्यक्षले सुर्खेतमै बसेर मनोमनी रुपमा योजना छनौट गरेको बताइन । आफूले सोध्दा अध्यक्ष चौलागाईले वडाअध्यक्षको उपस्थितिमा योजना बनाएको जवाफ दिएको उपाध्यक्ष शाहीले बताइन् ।

प्रदेश सरकारबाट प्राप्त हुने १ करोड बजेट मनोमनी रुपमा योजना बनाई पेश गरेर हिनामिना गर्न खोजेको स्थानीयले आरोप लगाएका छन् । बजेट रोक्न वडा नम्बर ३ का वडाध्यक्ष सालीग्राम ऐडीको नेतृत्वमा स्थानीयहरुले निवेदन समेत पेश गरेका छन् । उनीहरुले कर्णाली प्रदेश अर्थ मन्त्रालयमा सो निवेदन पेश गरेका हुन् ।

तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष चौलागाईले किर्ते गरेर योजना पेश गर्ने र काममा पनि कागजमै सम्पन्न गरी विकास बजेट कुम्ल्याउन खोजेको आरोप स्थानीयले लगाएका छन् । अध्यक्ष चौलागाईले सरकारी कागजमा किर्ते गरेपछि नैतिक रुपमा गम्भीर  मुद्दा लाग्ने भएको छ ।

यस विषयमा बुझ्न अनलाइन डबलीले पटकपटक सम्पर्क गर्दा पनि फोन उठाएनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal