आज :

प्रधानमन्त्रीको आलोचना गर्दा पक्राउ, धरौटीको अवसर नदिइ जेल चालान

काठमाडौं । बंगादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।

प्रहरीले फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको छ ।

किरोनले प्रधानमन्त्री हसिनाले फुटबललाई वेवास्ता गरेको आरोप लगाएकी थिइन् । उनको भनाइले देशभरका नागरिकलाई हतोत्साहित गरेको आरोप लगाइएको छ ।

उनलाई शनिबार नै जेल पठाइएको छ । धरौटीको समेत अफर दिइएको छैन मानवअधिकारवादीले हसिनाले कडा कानुनको प्रयोग गरेको भन्दै आलोचना गरेका छन् ।

किरोनले प्रधानमन्त्रीले फुटबल र क्रिकेटलाई विभेद गरेको आरोप लगाएकी थिइन् । व्यक्तिगत फाइदाका लागि प्रधानमन्त्री शेखले क्रिकेटलाई साथ दिएको बताएकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal