Dabali News

कर्णालीका मुख्यमन्त्रीकी श्रीमतिको जागिर चट्‍, यसो भन्छन् जिशिअ

२० चैत

सुर्खेत । नपढाएरै सेवा सुविधा बुझेको समाचार अाएपछि कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दा शाहीले राजिनामा दिएकी छन् ।

कालिकोटको पचाल झरनाको गाउँपालिकाको तिकुवास्थित कालिका आधारभूत विद्यालयकी शिक्षिका चन्दाले विगत चार वर्षदेखि  नपढाएरै सेवा सुविधा लिइरहेको समाचार अनलाइन डबलीले प्रकाशित गरेको थियो । पूर्वजनमुक्‍ति सेनाका डिभिजन कमाण्डर तथा माओवादी केन्द्रका नेता शाही दोस्रो संविधान सभाको लागि कालिकोटमा निर्वाचित भएदेखि पत्नी चन्दा वर्षको एक पटक मात्रै हाजिर गर्न जाने गरेको सार्वजनिक भएको थियो ।

कालिकोटका जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीले भने शिक्षिका चन्दाले विगत पाँच महिना पहिले राजिनामा दिइसकेको बताए । तिवारीले अनलाइन डबलीसँग कुरा गर्दै भने, ‘शिक्षिका चन्दाले पाँच पहिला पहिले दिएका राजिनामा स्वीकृत भइसकेको छ ।’

जिल्ला शिक्षा कार्यालयकै एक कर्मचारीका अनुसार चन्दाले समाचार अाएपछि राजिनामा दिएको बताए । उनले समाचारबाट परेको प्रभावबाट बच्न पुरानो मितिमा राजिनामा दिएको भनिएको हो ।

यदि पाँच जिशिअ तिवारीले भनेकै बेला चन्दा राजिनामा दिएको भएपनि त्यो भन्दा पहिलेसम्म नपढाएरै खाएको तलब फिर्ता गर्नु पर्दैन ।

यो पनि पढ्नुहोस् 

यी हुन् कर्णालीका मुख्यमन्त्रीले मानेका साला ! जसले पत्रकारलाई धम्की दिए, प्रहरीमा मुद्दा

यी हुन् कर्णालीका मुख्यमन्त्रीकी श्रीमति, जसले घरमै बसीबसी १८ लाख कुम्ल्याइन्

कर्णालीका मुख्यमन्त्रीले नपढाएरै श्रीमतीलाई तलब खाने मिलाएको खुलासा, वर्षभरिको हाजिर एकैदिन

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]