Dabali News

ताप्लेजुङबासीलाई ढाँटेको दोष मेट्न ओली तयार, सञ्चार मन्त्रालयको जिम्मा योगेश भट्टराईलाई दिने

११ चैत

काठमाडौं । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमतीको उपचार गराउन अमेरिका रहेकै बेला प्रधानमन्त्री के.पी. ओलीले मन्त्रीपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् ।

नयाँ मन्त्री नियुक्तिदेखि साविकका विभागीय मन्त्रीको सरूवा र बिदाइसम्मका योजना ठिक्क पारेर राखेका ओलीले दाहाल फर्कनासाथ त्यसलाई मूर्तरूप दिने तयारी गरेको सत्ताधारी (ने.क.पा.) का एक नेताले बताएका छन् ।

‘‘जिताउने काम तपाइँहरूको, मन्त्री बनाउने जिम्मा मेरो’’ भन्दै चुनावमा ताप्लेजुङबासीलाई मख्ख पारेका ओलीले सरकार गठनमा योगेश भट्टराईलाई जिताएका थिए । यो पटक भने भट्टराईलाई मन्त्री बनाएर ताप्लेजुङबासीलाई ढाँटेको दोष मेट्न ओली तयार भएका छन् ।

स्रोतका अनुसार अब सञ्चार मन्त्रालयको जिम्मा योगेश भट्टराईलाई दिइने भएको छ भने हालका बहालवाला मन्त्री गोकुल बाँस्कोटा पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयमा सरूवा हुँदै छन् ।

विभागीय मन्त्री रविन्द्र अधिकारी ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परि दिवंगत भएपछि यो मन्त्रालय रिक्त छ । अर्का मन्त्री मातृका यादव चाहिँ अब मन्त्रीपरिषदबाट बाहिरिने छन् ।

व्यक्तिगत स्वार्थका लागि क्याबिनेटमै बबण्डर मच्चाउनेदेखि उद्योगीरव्यापारीको स्वार्थमा काम गरेको जस्ता आरोप खेपिरहेका यादवलाई मन्त्रीपदबाट हटाउन लागिएको छ । उनको स्थानमा सोमप्रसाद पाण्डेलाई ल्याइँदै छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]