Dabali News

यी हुन् कर्णालीका मुख्यमन्त्रीले मानेका साला ! जसले पत्रकारलाई धम्की दिए, प्रहरीमा मुद्दा

२० चैत

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सालाले पत्रकार नरेश भण्डारीलाई धम्की दिनुको साथै सामाजिक संजालमा गाली बेइजत गरेका छन् । मुख्यमन्त्री शाहीकी श्रीमति चन्दा शाहीले नपढाएरै तलब खाएको समाचारलाई लिएर उनले धम्की दिनुको साथै सामाजिक संजाल फेसबुकमा जथाभावि गाली गरेका हुन् ।

मख्यमन्त्रीका साला लोकेन्द्र शाहीले फोन गरेर ठिक पार्ने धम्की दिनुको साथै सामाजिक संजालमा तल्लोस्तरको गाली बेइजती गरेका छन् । उद्यपी उनी शाही मुख्यमन्त्रीका अाफ्नै साला भने होइनन् । उनको घर हुम्ला हो भने मुख्यमन्त्री शाहीको ससुराली कालिकोट हो । तर, दिदी-भिनाजु भन्दै लामो समयदेखि उनी सँगै बसिरहेका छन् ।

नेपाल पत्रकार महासंघ जुम्ला शाखाका सदस्य भण्डारी जनमास मासिक पत्रिका र रारान्यूज डटकमका सम्पादक हुन् । भण्डारीले अाफ्नो सार्वजनिक रुपमा मानहानी भएको भन्दै प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

‘समाचारको विषयमा चित्त नबुझे राज्यका सम्बन्धित निकायहरु छन्, त्यहाँ जानु पर्थ्यो तर सामाजिक संजलामा मेरो चरित्रहत्या गर्नेगरी अभिव्यक्त दिनु भएको छ, सम्बन्धित निकायमा जान्छु’ भण्डारीले अनलाइन डबलीसँग भने । उनले नेपाल पत्रकार महासंघलाई पनि जानकारी गराएको बताए ।

लामो समयदेखि मुख्यमन्त्री शाहीसँगै बस्दै अाएका शाहीले फेसबुकमा ‘ठकुरीशाही कार्ल माक्स’ नामबाट फेसबुक चलाउँदै अाएका छन् । उनले पत्रकार भण्डारीको फोटोमा मानसिक सन्तुलन ठिक नभएको भन्दै सुधारकेन्द्रमा लिनुपर्ने लेखेका छन् । फेसबुकमा लेख्नुभन्दा पहिला शाहीले ९८६९५२०६१८ नम्बरबाट पत्रकार भण्डारीलाई फोन गरेर धक्मी समेत दिएका थिए ।

यस्तो छ उनको स्टाटस

पत्रकार भण्डारी नेकपा माओवादी केन्द्र पत्रकार संगठन प्रेस सेन्टरका केन्द्रीय सदस्य समेत हुन् । सँगै बस्ने व्यक्तिले पार्टी निकट पत्रकारलाई धम्की दिनुको साथै सामाजिक संजालमा जथाभावि लेख्दा समेत चुप लागेर बसेको भन्दै माओवादी केन्द्रका नेताहरुले मुख्यन्त्री शाहीको अालोचना गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]