Dabali News

‘फिल्मफेयर अवार्डस् २०१९’ मा फिल्म ‘राजी’ लाई ५ अवार्ड

११ चैत

काठमाडौं । भारतको मुम्बईस्थित जियो स्टेडियममा शनिबार राती भएको ६४ औं संस्करणको ‘फिल्मफेयर अवार्डस् २०१९’ मा नायिका आलिया भट्ट अभिनित फिल्म ‘राजी’ले सर्वाधिक ५ विधामा अवार्ड पाएको छ ।

फिल्मका लागि आलियाले ‘बेस्ट एक्ट्रेस’ को अवार्ड जित्दा निर्देशक मेघना गुलजार ‘बेस्ट डिरेक्टर’ भए, फिल्मबाट गायक अरिजीत सिंहले ‘ऐ वतन’ का लागि ‘बेस्ट मेल प्लेब्याक सिंगर’, यही गीतका लागि निर्देशक गुलजारले ‘बेस्ट लिरिक्स’ र फिल्मले ‘बेस्ट फिल्म (पपुलर’ अवार्ड जितेको छ ।

‘बेस्ट एक्ट्रेस’ विधामा आलियाको प्रतिस्पर्धीमा फिल्म ‘पद्यावत’ बाट दीपिका पादुकोण, ‘बधाई हो’ बाट नीना गुप्ता’, ‘हिचकी’ बाट रानी मुखर्जी, ‘अन्धाधुन’ बाट तब्बु थिए ।

बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सन्जू’ बाट नायक रणवीर कपुरले ‘बेस्ट एक्टर’ को अवार्ड जित, त्यस्तै फिल्म ‘बधाई हो’ बाट अक्षत घिल्डियालले ‘बेस्ट डाइलग’, फिल्म ‘पद्यावत’ले ‘बेस्ट म्यूजिक एल्बम’, ‘केदारनाथ’ बाट सारा अली खानले ‘बेस्ट एक्टर डेब्यू (फिमेल)’, ‘बियोन्ड द क्लाउड’ बाट इशान खट्टरले ‘बेस्ट एक्टर डेब्यू (मेल)’, ‘माया’ बाट कीर्ति कुल्हारी ‘बेस्ट एक्टर फिमेल इन ए सर्ट फिल्म’, ‘शेमलेस’ बाट हुसैन दलाल ‘बेस्ट एक्टर मेल इन ए सर्ट फिल्म’, ‘रोगन जोश’ बाट निर्देशक सन्जीव विज ‘बेस्ट सर्ट फिल्म फिक्सन’ को अवार्ड पाए ।

त्यस्तै ‘द सोसर सिटी’का लागि निर्देशक सचिन बालासाहेब सूर्यवंशी ‘बेस्ट सर्ट फिल्म नन फिक्शन’, ‘प्लस माइनस’ले ‘पपुलर च्वाइस अवार्ड फर बेस्ट सर्ट फिल्म’, ‘तुम्बाड’का लागि पंकज कुमारले ‘बेस्ट सिनेमाटोग्राफी अवार्ड’, ‘घुमर’का लागि श्रेया घोषालले ‘बेस्ट फिमेल प्लेब्याक सिंगर’, ‘जिरो’ले ‘बेस्ट भीएफएक्स अवार्ड’, ‘तुम्बाड’का लागि कुणाल शर्माले ‘बेस्ट साउण्ड डिजाइन अवार्ड’को अवार्ड जिते। अवार्डमा हेमा मालिनीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ र श्रीदेवीले मरणोपरान्त ‘लाइफटाइम अचिभमेन्ट अवार्ड दिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]