Dabali News

संवैधानिक परिषदको बैठक ३ बजे बस्दै

११ चैत

काठमाडौं । विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफल गर्न आज संवैधानिक परिषदको बैठक बस्दै छ ।

अपराह्न ३ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा निर्वाचन आयोगलगायत संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्नेबारे छलफल हुने छ ।

८ मध्ये ५ वटा संवैधानिक आयोगमा अध्यक्ष नियुक्त भए पनि ३ वटा आयोगमा नियुक्ति हुन बाँकी छ । संवैधानिक व्यवस्थाअनुसार नयाँ गठन भएका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाती आयोगमा अध्यक्ष नियुक्त हुन बाँकी छ ।

बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्तबारेसमेत छलफल हुने बताइएको छ । प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल हिजो सकिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]