Dabali News

फिल्म आशिकी ३ को तयारीमा आलिया-वरुण

१९ चैत

काठमाडौँ । बलिउडमा संघर्षरत अभिनेता राहुल रायलाई फिल्म ‘आशिकी’ले रातारात स्टार बनाएको थियो ।

त्यसको डेढ दशकपछि उसैगरी संघर्षरत आदित्यरोय कपुर पनि स्टार बने ‘आशिकी २’ खेलेर । यही फिल्मबाट डेब्यु गरेकी श्रद्धा कपुरले पनि यो फिल्मपछि पछाडि फर्केर हेर्न परेन ।

दोस्रोको सफलतापछि विशेष फिल्मले तेस्रो बनाउने तयारी गरिरहँदा ‘आशिकी ३’मा को रहने भन्ने अनुमान लामो समयदेखि चलिरहेको थियो । फिल्मको फिमेल लिडमा आलिया भट्ट फाइनल भएको समाचार आइरहँदा उनको जोडीको रुपमा सिद्धार्थ मल्होत्रालाई विशेष फिल्मले लिन लागेको खबर थियो ।

तर पछिल्लो समाचार अनुसार सिद्धार्थ हैन, विशेष फिल्मले वरुण धवनलाई लिन लागेको छ । वरुण र आलियाको जोडीले सफलतामा ह्याट्रिक गरेको छ ।
दुवैले जोडीको रुपमा अभिनय गरेका ‘स्टुडेन्ट अफ दि इयर’, ‘हम्टी शर्माकी दुल्हनियाँ’ र ‘बद्रिनाथकी दुल्हनियाँ’ तीनै फिल्मले बक्स अफिसमा पैसा बर्साएका थिए ।

विशेष फिल्मले वरुण धवन र आलिया दुवैको फ्यान फलोइङलाई ध्यान राख्दै तेस्रो शृंखलामा दुवैलाई साइन गराएको छ । तर वरुण र आलिया दुवैले स्वतन्त्र रुपमा यो समाचारको पुष्टि गरेका छैनन् ।

दुवै शृंखलाको फिल्मको सफलताका पछाडि संगीतको मुख्य हात मानिएको थियो । तेस्रो भागमा पनि संगीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रोडक्सन हाउसले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]