आज :

तत्कालिन एसपी विष्टसंग साढे १० लाख धरौटीको माग, आजै ४ बजे भित्र बुझाउनु पर्ने

कञ्चनपुर । १३ वर्षिय निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणका अभियुक्त तत्कालिन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख धरौटी तोकिएको छ ।

आइतबार जिल्ला न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजालासले विष्ट लाई सो धरौटी निर्धारण गरेको हो । यातनाविरुद्धको मुद्दामा साढे ४ लाख र सार्वजनिक न्याय बिरुद्धको कसुरमा ६ लाख धरौटी आजै ४ बजे भित्र बुझाउनु पर्ने गरी विष्टमाथि सुनुवाई गरिएको छ ।

तत्कालीन एसपी विष्टसहित आठैजनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीमा मुद्दा दायर गरेकी थिइन् ।

त्यस्तै, एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले यातना कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए । अभियोग लागेका ६ जना यसअघि नै धरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal