Dabali News

शिकारमा रमाउँदै विदेशी, करीब १ करोड राजश्व संकलन

१९ चैत

काठमाडौँ । ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ ।

महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल शिकारको अनुमति दिएको छ ।

शिकारका लागि पहिलो टोली यही चैत ५ गते आरक्ष पुगेको थियो । आउँदो वैशाख १७ गते अन्तिम टोली शिकार गर्न जाने आरक्ष कार्यालयले जनाएको छ ।
विदेशी शिकारी सहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ । पहिलो टोली शिकारपछि फर्कने तयारीमा रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

शिकार कम्पनी नेपाल वाइल्ड लाइफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज र ट्र्याक एण्ड ट्रेल्र्स प्रालिमार्फत शिकारी ढोरपाटन पुगेका हुन् ।
वाइल्ड लाइफले दुई नाउर, एक झारल, हिमालयनले दुई नाउर, ग्लोबलले तीन नाउर, एक झारल र ट्र्याक एण्ड ट्रेल्र्सले तीन नाउर र तीन झारलको शिकार गराउने छ ।

शिकार खेल्न अमेरिका, रुस, स्पेन, साउथ अमेरिका, नर्वे जस्ता देशबाट तालीम प्राप्त शिकारी ढोरपाटन आउने गरेका छन् । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी ६ ‘ब्लग’मा शिकार खेलाउने गरिएको छ ।

शिकारीले रोजेको ‘ब्लग’मा लगेर कम्पनीले शिकार खेलाउने गरेका छन् । बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत बरालले बताए । उनका अनुसार खर्चिलो र साहसी शिकारीले टाढाका ‘ब्लग’मा शिकार खेल्न रुचाउने गरेका छन् ।

नाउर शिकारको अधिकतम दर २ लाख २१ हजार र झारलको १ लाख १५ हजार तोकिएको छ । शिकार कम्पनीले केही वर्षअघि नाउर शिकारको १३ लाख ५ हजारसम्म बुझाएका थिए । आरक्षले शिकारबाट वार्षिक करीब १ करोड राजश्व उठाउने गरेको छ ।

बर्षेनी असोज-मंसिर र फागुन–वैशाख गरी २ याममा शिकार खुल्ला गर्ने गरिएको छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको हो । लाखौँ रुपैयाँ खर्चेर हेलिकप्टर मार्फत शिकारी ढोरपाटन पुग्ने गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]