आज :

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बागी उठेका उम्मेदवारलाई नियुक्त गर्ने निर्णय

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ३ जना सल्लाहकार नियुक्त गरेका छन् ।

शनिबारको प्रदेश मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा सल्यानका भिमप्रकाश शर्मा, जनसम्पर्क सल्लाहकारमा कालिकोटका जनकनाथ योगी र प्रशासनिक सल्लाहकारमा सुर्खेतका रत्न गाहालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

विवादितलाई मुख्यमन्त्रीले सल्लाहकार नियुक्त गरेको भन्दै सत्तारुढ नेकपा भित्रै विवाद सुरु भएको छ ।
मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त भएका शर्मा २०७४ सालको प्रदेश सभा निर्वाचनमा तत्कालिन नेकपा एमालेका उम्मेदारविरुद्ध वागी उठेका थिए ।

एमाले नेता गुलावजंग शाहविरुद्ध बागी उम्मेदवारी दिएका शर्माले ७ हजार ४१६ मत प्राप्त गरेका थिए । यस्तै प्रशासनिक सल्लाहकार नियुक्त गाहा स्थानीय निर्वाचनमा नेकपाबाट वीरेन्द्रनगर नगरपालिकाको मेयरका उम्मेदवार थिए । उनले ५ हजार २२३ मत ल्याएका थिए ।

प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक-२०७५ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्नुका साथै प्रादेशिक जडिबुटी तथा शीत भण्डार निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्न र उक्त कार्यक्रम कार्यान्वयन गर्न भेरी गंगा नगरपालिका-१० स्थित जागृति सामुदायिक वन उपभोक्ता समूहको ६ हेक्टर वन क्षेत्र भोगाधिकार प्रदान गर्न दिने स्वीकृतिका लागि संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal