Dabali News

शंकर बिसीले हाले मुद्दा, फेसबुकमा कमेन्ट गर्नेको समेत नाम 

१९ चैत्र

काठमाडौँ । कलाकार शंकर बिसीले अाफूमाथि जातीय विभेद भएको भन्दै प्रहरी सोमबार प्रहरीमा उजुरी दिएका छन् । केही संचारमाध्यम अाएको समाचारले अाफू र दलित समुदायको मानहानी भएको भन्दै कारवाहीको माग गरेका छन् ।

केही दिन पहिला केही मिडियामा अाएको समाचारलाई लिएर सामाजिक संजालमा गरिएको टिप्पणीले अाफू मात्रै नभएर दलित समुदायकै मानहानी भएकोले कारवाहीको माग निवेदनमा गरिएको छ । बिसीले दलित अगुवासँगै गएर कारवाहीको लागि निवेदन दिएका छन् ।

संचारकर्मी तथा दलित अगुवा सरु सुनारका अनुसार बिसीले टेकुस्थित महानगरिय अपराध महाशाखामा निवदेन दिएका हुन् । ‘शंकर बिसीलाई सिंगो दलित समुदायको अापमान गर्ने गरी टिप्पणी गरिएका छन्, बिसीले जातीय छुवाछुत कसुर एेन २०६८ अन्तरगत कारवाहीको लागि निवेदन दिनु भएको छ’ सरुले अनलाइन डबलीसँग भनिन् ।

मिडिया र सामाजिक संजालमा जातीय विभेद हुन गरी टिप्पणी गर्ने सात जनाविरुद्ध जाहेरी दिइएको छ । थप विवरण संकलन गर्ने काम भइरहेको सरुले जानकारी दिएकी छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]